२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

जिपी फाउण्डेशनमा सदस्य मनोनित

९ फाल्गुन २०७५, बिहीबार ०५:४५

फागुन ९, दमौली | पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्व सभापति स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जिपी फाउण्डेशन तनहुँले सदस्य मनोनित गरेको छ । 

फाउण्डेशनका संयोजक वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले विधानबमोजिम आठ सदस्य मनोनित गर्नुभएको हो । मनोनित हुने सदस्यमा व्यास नगरपालिका–१ का सन्त तामाङ, म्याग्दे गाउँपालिका–५ का खुमकान्त अर्याल, व्यास नगरपालिका–१ का लक्ष्मी श्रेष्ठ, व्यास नगरपालिका–१२ का कृष्णचन्द्र पाण्डे, शुक्लागण्डकी नगरपालिका–८ का अनन्त पौडेल, शुक्लागण्डकी नगरपालिका–१ का घनश्याम भट्टराई, शुक्लागण्डकी नगरपालिका–१ कै गीता परियार र व्यास नगरपालिका–८ का पारस बगाले रहेको जिपी फाउण्डेशन तनहँुले जनाएको छ । 

१३ सदस्यीय कार्यसमिति रहने फाउण्डेशनको विधानमा व्यवस्था रहे पनि हाल नौ सदस्यीय समिति गठन गरिएको र बाँकी सदस्यको मनोनयन छिट्टै गरी समितिलाई पूर्णता दिइने वाग्लेले जानकारी दिनुभयो । 

३९ लाख सामाजिक सुरक्षा भत्ता वितरण 

तनहुँको भानु नगरपालिका–८ ले सामाजिक सुरक्षा भत्तावापत रु ३९ लाख ४० हजार वितरण गरेको छ । वडाभित्रका ४८८ लाभग्राहीलाई चालू आर्थिक वर्ष २०७५÷७६ को दोस्रो चौमासिकवापत मङ्सिरदेखि फागुनसम्मको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडासचिव भगवान त्रिपाठीले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि ओम विकास बैंकसँग सहकार्य गरिएको छ । बैंकका कर्मचारीले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान