Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
समाज

आगलागी हुँदा घर गोठ जलेर नष्ट

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङसिर १८, सिन्धुली / आगलागी
हुँदा सिन्धुलीको भूवनेश्वरी गाविस–५ मा माधव भूजेलको घर तथा गोठ जलेर नष्ट भएको छ ।

बिहीबार दिउँसो ठूला मानिस घरमा नभएको बेलामा नाबालक छोराले आगो खेलाउदा अचानक
आगो लाग्दा घर तथा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
आगलागीबाट कुनै मानवीय क्षती नभएको प्रहरी निरीक्षक विपिन ओझाले बताए।