२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतेली उद्योगी व्यवसायी भन्छन्– लोडसेडिङले चौपट बनायो

१६ फाल्गुन २०७२, आईतवार १४:२६

फागुन १६, पर्बत । विद्युत प्रभावित क्षेत्र मानेर लोडसेडिङमुक्त बनाईनु पर्ने पर्वतेली जनताको आवाजको सुनुवाई भएको छैन । सर्वसाधारणको दैनिक जीवन लोडसेडिङले मुश्किल बनाएको छ । यतिखेर दैनिक ७ घण्टा लोडसेडिङ गरिएको छ ।

त्यो भन्दा अझ बढी उद्योगीव्यसायीको उद्योग व्यवसाय चौपट हुँदै छ । फर्निचर, होटल, ईलेक्ट्रोनिक्स, आल्मुनियम, ग्रिल लगायत व्यवसाय चौपट भएको व्यवसायीहरुको गुनासो छ । जिल्ला सदरमुकाममा सामान्य होटलदेखि करोडसम्मको लगानीमा होटल व्यवसाय संचालनमा छन् । करीव ७ करोडको लगानीमा भर्खरै नयाँ डेकोरेशनका साथ आफ्नै नयाँ भवनबाट संचालनमा आएको पुरानो बन्दना गेष्ट हाउसका संचालक कृष्णप्रसाद श्रेष्ठ भन्छन् – लोडसेडिङबाट बच्न भर्खरै २ लाख जति रकम खर्चिएर ईन्भर्टर खरीद गरि ल्याए तर विद्युत नहुँदा फुल चार्ज गर्नै पाईदैन ।

गर्मीको समयमा एसी चलाउन, पानी तान्न पाइएको छैन । अन्य व्यवसायीलाई जस्तै आफूलाई पनि लोडसेडिङले मर्का पारेको छ । भनेजति बजारमा ग्यास पाईएको छैन । विद्युत छैन कसरी खाना पकाएर पाहुनालाई खुशी पार्ने हो ।’ वर्षौ पहिलेदेखि ग्रिल, आल्मुनियम र फर्निचर व्यवसाय संचालन गर्दै आएका श्रीकृष्ण आल्मुनियम उद्योगका संचालक भीमप्रसाद शर्माको पनि उस्तै दुःखेसो छ ।

शर्मा भन्छन्– व्यापार त चौपट भएको छ । भुकम्प, नाकावन्दी र अहिले आएर लोडसेडिङको मार खेप्नै गारो छ । कच्चा पदार्थ पाईदैन । उद्योगमा काम गर्ने ३१ जना कामदारलाई काम छैन । तलव दिईनु परेको छ । वैकले कहिल्यै व्याज मिनाहा गर्ने हैन ।’ व्यवसायी शर्माले विद्युत प्राधिकारणलाई प्रश्न राख्दै भने–विद्युत कार्यालयले एक दिन ढिला भयो भने हर्जना लिन्छ तर जनतालाई भने लोडसेडिङको मारमा पार्न मिल्छ ?’ अर्का ग्रिल व्यसायी शर्मा मेटल उद्योगका संचालक किस्न शर्माको पनि आक्रोश र पीडा कम छैन ।

शर्मा भन्छन् – आठ जना कामदारलाई कामै नगरीकन तलव खुवाएर राख्नु परेको छ । लोडसेडिङमुक्त हुनुपर्छ । हैन भने फेरि आन्दोलन गरिन्छ ।’ ईलेक्ट्रोनिक्स व्यवसायी तथा पर्वत ईलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष तिला गिरी किस्नको समस्या पनि अन्य व्यसायीको भन्दा फरक छैन । व्यवसायी गिरी भन्छन्– पसलमा बस्ने मात्र काम भएको छ । विद्युत नभएपछि विद्युतिय काम केही हुने हैन ।

व्यवसायमा अत्यन्तै कठिन भएको छ ।’ विद्युत नियमित नहुँदा सवै व्यवसायीहरु मर्कामा परेका छन् । विद्यार्थीको पठनपाठन कार्यमा बाधा पुगेको छ । अति नै कठिन भएपछि लोडसेडिङका विरुद्ध जनताको बाँध टुट्यो । धैर्यताको बाँध टुटे पछि केही दिन पहिले जनता स्वतफुर्त आन्दोलित भए । सडकमा उत्रिए । युवा राजनीतिक नेतृत्वहरुले जनता र उद्योगी व्यवसायीको आक्रोस र पीडालाई बुझेर अगुवाई पनि गरे ।

सडक अवरुद्ध भयो । विद्युत कार्यालय घेराउ गरियो । जनता पुलिसप्रशासन सित जुध्न बाध्य भए । आन्दोलनको अगाडि केही नलागेर राज्य सम्झोैताको तहमा झ¥यो । लोडसेडिङको रुटिङ अलिकति मात्र भए पनि हेरफेर भएको छ । सवस्टेशन निर्माण गरी केही महिनामा लोडसेडिङ कम गर्ने सहमति भएको संघर्ष समितीका संयोजक लक्ष्मण श्रेष्ठ बताउँछन् ।

के भन्छन् लोडसेडिङबारे विद्युतका हाकिम दास
पर्वतमा भएको लोडसेडिङबारेमा विद्युत प्राधिकारण पर्वतका अधिकृत कन्हैयालाल दासले आफूले यहाँबाट केही गर्न नसकिने बताउँछन् । जे हुन्छ । केन्द्रबाट नै हुन्छ । लोडसेडिङ घोषणा गर्ने अधिकार हाम्रो हैन ।

केन्द्रको हो । प्राधिकरणको विभिन्न काम अलगअलग विभागले गर्ने गर्छन् । विद्युत उत्पादन, वितरण, प्रणाली संचालन फरक हुन्छ । लोडसेडिङ हेर्ने प्रणाली संचालन विभागले हो । उनको भनाई थियो । लोडसेडिङका विरुद्ध पर्वतेली जनताले यत्रो आन्दोलन गरे ।

अव त लोडसेडिङमुक्त हुन्छ होला नि भन्ने प्रश्नमा अधिकृत दासले भने– मुक्त नै गर्न अहिले कठिन छ तर दुई घण्टा लोडसेडिङ कम भएको छ । आन्दोलन पछि लोडसेडिङ घटाउन केन्द्रमा पत्राचार भईसकेको छ ।’ केन्द्रले के भन्छ भन्ने प्रश्नमा जवाफ नआईसकेको उनको भनाई थियो ।

पर्वतमा विद्युत उत्पादन र खपत कति ?
जिल्लामा संचालनमा आएका दुई वटा हाईड्रोपावर मोदीखोला जलविद्युत योजना र युनाईटेड तल्लो मोदीखोला हाईड्रोपावर कम्पनिले क्रमशः १४ र १० मेघावाट विद्युत उत्पादन क्षमता राख्ने भए पनि हिउदको समयमा यी दुवैको गरेर करीव १० मेघावाट रहेको विद्युतका कर्मचारीको भनाई छ ।

विद्युत खपत भने पुरा धौलागिरिमा मात्र करीव १८ घण्टा रहेको छ । पर्वत जिल्लाबाट मात्र गत वर्ष विद्युत वितरणबाट प्राधिकरणले करीव ९ करोड वार्षिक आम्दानी गरेको थियो ।

लोडसेडिङको मार खेपिरहेका बेला प्रसारण टावर मर्मतको नाममा प्राधिकरणले यही १५ देखि १८सम्म दिनको १० बजेदेखि बेलुका ४ बजेसम्म विद्युत कटौती गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा