२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैया महोत्सव सम्पन्न, आधुनिक बधशाला निर्माण गर्ने मन्त्री साहको भनाई

२०७५, ९ फाल्गुन बिहीबार १२:२२

राम नारायण पंडित । फाल्गुन ९, सिरहा । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक बधशाला र कृषि हाटवजार निर्माण गरिने बताएका छन् । “समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार” मुल नाराका साथ मिर्चैया नगरपालिका ६ स्थित माघ २८ गतेदेखि शुरु भएको “प्रथम मिर्चैया महोत्सव २०७५” को बुधबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले मिर्चैयामा आधुनिक बधशाला र कृषि हाटवजारको निर्माण गरिने भएकाले स्थानीय तहलाई यस बिषयमा चासो देखाउन आग्रह गरेका छन् ।


कृषिक्षेत्रको बिकासले मात्र प्रदेश सम्बृद्ध हुन सक्ने भएकाले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले प्रदेश सरकारको एक बर्षे कार्यकाल सफल भएको दाबी गरे । महिला हिंसा न्युनिकरण र छोराछोरीबीचको बिभेद अन्त्यका लागि प्रदेश सरकारले ‘‘बेटी पढाउ, बेटी वचाउ” अभियान सञ्चालन गरेको बताउदै यो अभियान सफल बनाउन सबैसँग आग्रह समेत गरेका छन् । 


कार्यक्रममा मिर्चैया नगरपालकिाका प्रमुख श्रवण कुमार यादवले स्थानीय सरकारलाई प्रदेश सरकारवाट सहयोगको अपेक्षा राखेको र स्थानीय हाट वजार वैज्ञानिक ढंगवाट अगाडी वढाउन नगरपालिकाले समेत योजना बनाईरहेको बताए ।  

मिर्चैया नगरपालिकाको धार्मिक पर्यटकीय स्थलहरुको विकास, उद्योग, व्यापार, पर्यटन, जडिबुटी, कृषि उद्यमलाई विकसित गर्दै समृद्ध मिर्चैया निर्माणसँगै अर्थतन्त्रलाई आत्मनिर्भरता तर्पm अग्रसर गराउने उद्देश्यले सञ्चालन भएको महोत्सवको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले गरेको थियो । 

महोत्सवमा मिर्चैयाको साथै प्रदेश र देशभरीमा उत्पादित तथा निर्मित वस्तुहरुको प्रदर्शन,  विभिन्न क्षेत्रका रहनसहन सहितको मौलिक खानाको परिकारहरुको बिक्री तथा प्रदर्शनी, कृषिजन्य वस्तुहरुको प्रदर्शनी, हस्तकला प्रदर्शनी, निःशुल्क उपचार, बाल उद्यान तथा विविध मनोरञ्जनात्कम कार्यक्रम, जिल्लाको स्थानीय उत्पादन कृषिजन्य वस्तुको प्रचार प्रसार, प्रबद्र्धन र बजारीकरणका लागि महोत्सवमा १३१ वटा स्टलहरु रहेको थियो । 

महोत्सव अवधि भरी स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा विभिन्न मौलिक सांस्कृतिक प्रदर्शनी, हरेक दिन ख्यातिप्राप्त कलाकारहरुवाट गीत नृत्य र हास्यव्यङ्ग्य सहितको विविध सांस्कृतिक कार्यक्रम गरिएको महोत्सव मुल आयोजक समितिका अध्यक्ष हरीशंकर साहले जानकारी दिनुभयो । 

रामनगर मिर्चैया उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा मिर्चैया, कर्जन्हा र कल्याणपुर नगरपालिकाको सहयोगमा महोत्सव सम्पन्न भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस