२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि मौसम बदली, अबको मौसम कस्तो हुन्छ ?

२०७५, १० फाल्गुन शुक्रबार ०२:५१

 फागुन १०, काठमाण्डौ ।  मौसमविदले आजदेखि फेरि मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको बताएका छन् । 

यतिबेला आकाश खुले पनि दिउँसोपख काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम बदली हुने र पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


आजदेखि पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमका एक, दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । 

काठमाण्डौसहित मध्य र पूर्वी क्षेत्रमा पनि हल्का पानी पर्ने सम्भावना देखिएको उहाँले बताउनुभयो ।  मध्यका १-२ ठाउँमा र पूर्वका केही ठाउँमा पनि  हल्का पानी पर्ने सम्भावना रहेको छ । हिजो र अस्ति मौसम सफा भएको थियो । 

पानी पर्न रोकिएलगत्तै तापक्रम बढ्न थालेको थियो । अस्ति काठमाण्डौको अधिकतम तापक्रम २२ दशमलब ८ डिग्री सेल्सियस र हिजो २५ डिग्री सेल्यिससम्म पुगेको थियो । मौसम बदली हुँदा अबको एकदुई दिन फेरि तापक्रम घट्ने र अर्को हप्तादेखि लगातार जस्तै तापक्रम बढ्ने मौसमविद श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु