2026-09-19 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

महेन्द्रोदय माविलाई पक्की भवन

चिसाङ शेर्पा | फागुन ११, खोटाङ | खोटाङको महेन्द्रोदय मावि याम्खामा विद्धालयको पक्की भवन सञ्चालनमा आएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित उक्त माविमा चार कोठे पक्की भवन सञ्चालनमा आएको हो ।

आर्थिक वर्ष २०७३÷०७४ मा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको ६१ लाख ४६ हजार बजेटबाट निर्मित विद्धालयको भवन शुक्रबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरेका छन् । उद्घाटनसँगै आजबाट विधिवत रुपमा विद्धालयको भवन सञ्चालनमा आएको छ । २०७४ बैशाख १ गतेबाट निर्माण थालिएको विद्धालयको भवन गत असार २२ मा निर्माण सम्पन्न भएको थियो ।

प्राधिकरणको बजेटमा भवन बने पनि निर्माण चरणमा विभिन्न स्थानीयवासीले जनश्रमदान तथा स्थानीय सामग्री उपलब्ध गराएका थिए । भवन ढलानका क्रममा तरुणदल क्षेत्रिय सभापति सुरेश राई र नेविसंघका उपाध्यक्ष नयन्द्र राईले ५०÷५० हजार बराबरको जनश्रमदान, भेरीखोर सामुदायिक बनले ४० किबि काठ, स्थानीय समाजसेवी नारायण प्रसाद राईले ढालनका लागि बाँस उपलब्ध गराएको प्रधानाध्यापक विष्णुकुमार कार्कीले बताउनुभयो । यसअघि दश कोठे भवनमा अध्ययन÷अध्यापन भइरहेको मावि विद्धालयलाई थप चारवटा कोठा व्यवस्थापन भएपछि सहज हुने विद्धालयले जनाएको छ । २०१४ सालमा स्थापना भएको उक्त विद्धालयमा हाल  २ सय १६ जना बिधार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई