2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गति सीमितका सूचना पार्टी स्थापना

फागुन १२, सिन्धुली (रासस) | सिन्धुलीको धुरा बजार क्षेत्रमा दुर्घटना बढेपछि न्यूनीकरण गर्न आज गति सीमितिका सूचना पार्टी राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको प्रयास र कमलामाई नगरपालिका–६ वडा कार्यालयको सहयोगमा गति सीमितका सूचना पार्टी राखिएको हो । 

धुरा बजारको सिरानदेखि ग्वाङ खोलाको पुलसम्म गति सीमितका २० वटा सूचना पार्टी राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिधा सडक भएकाले तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै न्यूनीकरण गर्न यस्तो अभियान शुरु गरिएको कार्यालयले जनाएको छ । 

आज जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंह र वडा नं ६ का वडाध्यक्ष उज्ज्वल थापाले सडकको बीचमा गति सीमित अधिकतम गति ३० लेखिएको सूचना पार्टी राखेर शुभारम्भ गर्नुभएको थियो । 

बजार क्षेत्रमा दैनिकजसो दुर्घटना हुने गरेको र अधिकांश दुर्घटना तीव्रगतिका कारण हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिनुभयो । उहाँले सडकको बीचमा राखिएका गति सीमितको सूचना पाटीलाई रातको समयमा झिक्न र बिहान पुनः सडकको बीचमा राख्न आग्रह गर्नुभयो । 

धुराबजार क्षेत्रमा हरेक ३०/३० मिटरमा गति सीमितका सूचना पार्टी राखिएको र अधिकतम गति ३० भन्दामाथि रहने सवारीलाई कारवाही गर्ने जिल्ला ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले जानकारी दिनुभयो । 

प्रहरीले गति मापन गर्ने र तीव्र गति रहेको पाइए ५०० देखि १५०० रुपैयाँसम्म जरिवाना गरिने उहाँको भनाइ छ । बजार क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न अन्य बजार क्षेत्रमा समेत यस्ता बोर्ड राखी बजारलाई दुर्घटनामुक्त बनाउने उहाँको भनाइ छ । 

ट्राफिक प्रहरीले गति सीमितका बोर्ड राखेपछि धुरावासीले सुरक्षित महसुस गरेको जयमान तामाङले बताउनुभयो । सिन्धुलीका बजारमा तीव्रगतिका कारण दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरणका उपाय प्रहरीले अपनाइरहेको छ । बजार क्षेत्र दुर्घटनाको उच्च जोखिम रहेको भन्दै त्यस्ता स्थानमा गति सीमित गराउन ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल