२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

१५ श्ययाको अस्पताल बन्दै

२०७५, १३ फाल्गुन सोमबार ०८:५१

फागुन १३, बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरी देउराली गाउँपालिका–५ पोखरीचौरीस्थित ढाँटखर्क भालचौरमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । 

साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाई ‘अपडेट’ गरी १५ श्ययाको अस्पताल बन्ने तयारी भइरहेको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ५ का अध्यक्ष राजकुमार गौतमले बताउनुभयो । “त्यसका लागि आवश्यक पर्ने १६ रोपनी जग्गाको व्यवस्थापन गरिसकेका छौँ”, गौतमले भन्नुभयो, “स्वास्थ्यचौकीको नाममा पहिला नै भएको पाँच रोपनी गर्दा २१ रोपनी जग्गा हामीसँग प्राप्त भइसकेको छ, अब छिट्टै भवन निर्माणको काम अगाडि बढ्छ ।” स्थानीय बासिन्दाको सहयोगमा सो जग्गा प्राप्त गरेको वडाध्यक्ष गौतमले बताउनुभयो । 

अस्पतालको भवन निर्माण गर्न प्रदेशसभा सदस्य रत्न ढकालको पहलमा प्रदेश सरकारबाट यसै आर्थिक वर्षको बजेटबाट रु एक करोड ६९ लाख प्राप्त भएको छ । सांसद ढकालले प्रदेशबाटै भवनको डिजाइन भइरहेको बताउनुभयो । “पहिला बनाएको डिजाइनमा अलि फरक गर्नुपर्ने भएपछि अर्को तयारीमा रहेको छ”, सांसद ढकालले भन्नुभयो, “त्यसको टुङ्गो लाग्ने वित्तिकै निर्माणकार्य अगाडि बढ्छ ।” अस्पतालका लागि डा नियुक्तीको विषयमा समेत प्रक्रिया अगाडि बढिरहेको उहाँले बताउनुभयो । 

चौरी देउराली गाउँपालिका स्वास्थ्य शाखा संयोजक तेज घिसिङले अस्पताल निर्माणका लागि केही समय अगाडि निर्देशिका र कार्यविधि प्राप्त भइसेकाले अब व्यवस्थापन समितिको बैठक छिट्टै बसेर स्वास्थ्य सामग्री खरीदको प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको बताउनुभयो । 

“व्यवस्थापन समितिको बैठक बसेपछि कहिलेबाट कसरी काम शुरु गर्ने भन्ने कुरा टुङ्गो लाग्ने बितिकै सूचना प्रकाशन गरेर काम अगाडि बढ्छ”, स्वास्थ्य शाखा संयोजक घिसिङले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस