२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

एचनाइन भाइरसबाट हजारौँ कुखुरा मरे

१५ फाल्गुन २०७५, बुधबार ०२:१७

फागुन १५, हेटौँडा | करौडौँको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौँडाका केही कुखुरा व्यवसायीका हजारौँ कुखुराहरू मरेका छन् । किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजार बढी कुखुरा मरेका छन् । भेटेरिनरी अस्पतालले एचनाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लुको हल्ला फैलिएपछि अन्य किसान पनि चिन्तित भएका छन् । 

हेटौँडा उपमहानगरपालिकाको व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसानका हजारौँ कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि जिल्लाभरका अन्य किसान पनि बर्डफ्लुको हल्लाले थप चिन्तित बनेका छन् । मकवानपुर कुखुरा व्यवसायी सङ्घले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी बर्डफ्लुको हल्ला निराधार भएको जनाएको छ । सङ्घका अध्यक्ष राजु अधिकारीले बर्डफ्लु रोग नेपालमै नभएको र हेटौँडाका कुखुरामा बर्डफ्लुको कुनै पनि लक्षण नदेखिएको बताउनुभयो । 

अधिकारीले आफूहरू मानव स्वास्थ्यप्रति गम्भीर भएकाले सरकारी प्रयोगशालाको परीक्षणमा बर्डफ्लु प्रमाणित भए कुखुरा आफैँ नष्ट गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । “मरेका कुखुरा एकैदिनको रोगले मरेको पाइएको छ, त्यस्तो गभारो तथा रानीखेत नाम गरेका रोगले मात्र हुन्छ । हामीलाई थाहा भएअनुसार ती कुखुरा रानीखेत नामक रोगका कारण मरेको हुनसक्छ”, उहाँले भन्नुभयो । 

अध्यक्ष अधिकारीले मकवानपुरमा कुखुरा व्यवसायीले रु पाँच अर्ब लगानी गरेको र सञ्चारमाध्यममा गलत कुरा प्रकाशन वा प्रसारण भएमा कुखुरापालन क्षेत्रमा गम्भीर समस्या निम्तिनसक्ने भन्दै सञ्चारमाध्यमहरूलाई सत्य तथ्य समाचार सङ्कलनका लागि अनुरोध गर्नुभएको छ । 

त्यस्तै भेटरिनरी अस्पताल तथा पशु सेवाविज्ञको कार्यालयले पनि कुखुरामा देखिएको रोग बर्डफ्लु नभएको जनाएको छ । ‘एचनाइन एन टु भाइरस’ नामक प्रकोपले कुखुराहरू मरेको केन्द्रका प्रमुख डा चेतनारायण खरेलले जानकारी दिनुभयो । “हामीले सङ्क्रमण पत्तालगाई सक्यौँ र त्यसको निदान पनि लगभग भइसकेको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की