2026-10-17 04:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

मोहन श्रेष्ठको उपचार सहयोगको लागि हार्दिक अपिल

फागुन १६, अर्घाखाँची | अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १२ डिभर्ना ठुटेपिपल निवासी ४१ बर्षीय मोहन प्रसाद श्रेष्ठ बिगत दस  महिना देखि ईस्पाईनल कर्ड ईन्जुरीका कारण  परी ओछ्यान मै थला परेका छन् । दस महिना  पहिला घाँस काट्ने क्रममा बिडुल्नाको बोटबाट लडेर उनी यसरी थला परेका हुन् ।  हिडडुल गर्न समेत नसक्ने अवस्थामा पुगेका मोहन श्रेष्ठ परीवारका माईलो छोरा समेत हुन् ।  उनको कम्मर देखि तलको भागले काम गर्दैन । स्पाईनल कर्ड ईन्जुरीको कारण उनी यसरी थला परेका हुन् । 

पटक पटक उपचार गराउदा पनि निको हुन सकेको छैन । उनको कम्मर देखि तलको भागमा ठुला ठुला घाउ समेत बनेका छन् । उनलाई आफ्नो मात्र पिडा छैन मोहन ओछ्यानमा छटपटाईरहेका बेला गत फाल्गुन ६ गते उनका बुबा ७८ बर्षीय जिबलाल श्रेष्ठको निधन भयो । परीवारमा पिडामा फेरी अर्को पिडा थपिएको छ । परिवार यतिबेला शोकमा छ । उनका हात खुट्टा नचल्ने हुनाले  उनले आफ्नै बुवाको काजकिरिया गर्न समेत सकिरहेका छैनन् । 

मोहन भन्छन, न साथमा पैसा छ, न मर्न सके न बाच्न नै ! छोरो हुनुको कर्तव्य निभाउन सकिएन बुवा मलाई माफ गर्नुहोला । आँखा भरी आँसु लिएर उनले भने ,“ भगवानले मलाइ के को सजाय दिएको छ ?  पिडित मोहनको उपचारको निम्ति सहयोग अभियान यतिबेला जिल्लामा  चलिरहेका छन् । सहयोग पनि भैरहेको छ । 

सहयोगको लागि स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्णमा अनुरोध गरिएको छ । यदि तपाई मोहनलाई सहयोग गर्न चाहानुहुन्छ भने आफ्नो मनलाई फराकिलो गराएर सहयोग गर्न सक्नु हुन्छ सम्भव हुन्छ तपाई स्वयम नै मोहन समक्ष आएर सहयोग गर्नुहोला । तपाइहरुको सानो सानो सहयोगले मोहनले नयाँ जीवन पाउने छन ।

सहयोग गर्न चाहनुहुनेले अभियानमा संलग्न बिक्रम पाण्डे समान्ताको मोवाईल न ९८५७०६९१०४ र  वसन्त श्रेष्ठको मोबाइल न ९८५७०६३७६२ तथा बसन्त श्रेष्ठको मेगा बैंकको खाता न ००४००५००४७८२१  मा आर्थिक पठाई सहयोग गर्न सक्नुहुनेछ । आर्थिक सहयोग गर्न चाहनुहुनेले माथी दिएका सम्पर्क न मा जानकारी गराउनुहोला ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु