२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

१० सरकारी कार्यालय धारापानीमा गाउँमै सेवा पाउँदा स्थानिय बासिन्दा हर्षित

२०७५, १६ फाल्गुन बिहीबार १२:३२

फागुन १७, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाका स्थानिय बासीन्दाले गाउँमै सरकारी सेवा पाएसछि खुसि महसुस गरेका छन् । धनचौरको घुम्ती शिबर पछि पुनः भुमिकास्थान ३ धारापानीमा जिल्ला प्रशासन सहित सवै सरकारी कार्यालयहरु गाउँघरमै पुगेका छन् । सदरमुकाम आउँन जान एक हजार खर्च लाग्ने धारापानीकी ६२ वर्षिय मुमकला खनालले घुम्ती शिविरमा नागरिकताको प्रतिलिपी निकालीन् । उनको नागरिकता च्यातीएको थियो, उनी जिल्ला प्रशासन सन्धिखर्क जान भ्याएकी थिईनन् । नागरिकताको प्रतिलिपी पाएपछि खुसी भईन् ।

भुमिकास्थान नगरपालिकाले माघबाट सुरु गरेको ज्येष्ठ नागरिक परिचय पत्र चुराबहादुर खत्रीले घर आगनबाटै प्राप्त गरे । ३० मिनेट हिडेर आएका खत्रीले ६४ नम्बरमा परिचय पत्र पाउँदा खुसी हुदैँ भने, घरको आटो खाएर, गाउँमै परिचय पत्र पाए, हामी स्थानिय बासिन्दा खुसी छौँ ।


जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. जगन्नताथ तिवारीले ३५१ जनाको स्वास्थ्य परिक्षण गरे । उनको नेतृत्वमा १५ जनाको टिमले स्वास्थ्य परिक्षण, सगै निशुल्क औषधी वितरण ग¥यो । औषधी लिन र स्वास्थ्य चेक गराउँन स्थानीय बासीन्दाको दिनभर भिड्भाड् रहयो । ८४ वर्षिय लालबहादुर सुनारले स्वास्थ्य परिक्षण गराए । उनलाई विपी बढी देखियो, डाक्टरको सल्लाहअनुसार निशुल्क औषधी पाउँदा खुसी देखिए । डिलाराम उपाध्ययाले निममित आएको औषधी सकिएको थियो । त्यहीँ औषधी लिन सन्धिखर्क जानुपर्दथ्यो, गाउँमै पाए, हर्षित छु, उनले भने ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले गाउँघरमै गएर जनताहरुलाई सेवा दिएको छ । भुमिकास्थान नगरपालिकाको समन्वयमा भएको घुम्ती शिविरमा जिल्लाका १० वटा सरकारी कार्यालयले गाउँवाटै सेवा दिएका छन् । जसमा जिल्ला प्रशासनले दिने सेवामा २०० जना भन्दा बढीले नागरिकता गाउँबाटै प्राप्त गरको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु वेल्वासेले जानकारी दिए ।


प्रशासनले जनतालाई सहज होस् भनी प्रत्येक वर्ष घुम्ती शिविर सञ्चालन गर्ने गर्दछ । शिविरमा २०० वटा नागरिकता वितरण, ३०१ जनाको जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य परिक्षण, ३५१ जनाले जिल्ला आयुर्वेद कार्यालय मार्फत स्वास्थ्य परिक्षण, ५१ वटा सिमकार्ड वितरण, कृषि ज्ञान केन्द्रले २०० कृषकको माटो परिक्षण, ३ उद्योग दर्ता, निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउँने, जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी तथा विद्यालय प्रहरी सम्पर्क कार्यक्रम अन्तर्गत लागू औषध, मदिरा सेवन, लैङ्गिक हिंसा, जबरजस्ती करणी, सामाजिक तथा साईबर अपराध एवम् सवारी दुर्घटना सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

शिविरबाट ९०० जना सेवाग्राहीले लाभ लिएका छन् । जिल्लाको ग्राणिण क्षेत्र ढाकावाङ्ग र धारापानीका गरि २६ पसलहरुको अनुगमन पनि गरिएको छ । अनुगमनबाट स्थानियलाई सुझाव र सल्लाह समेत दिईएको छ । नगरप्रमुख रेशम थापाले भुमिकास्थानले सवै जनतालाई सहज भन्ने उद्देश्यले गाउँगाउँमा पुगेर जनतालाई सेवा दिएको बताए ।

धारापानीका दिनबहादुर भाटको पसल पहिलोपटक अनुगमन भयो । उनलाई सुझाव सल्लाह दिनुका साथै, लाईसेन्स अप्राप्त सुर्तिजन्य सामाग्री जफत गरिएको । जिल्ला प्रशासन कार्यालय अनुगम समितीका संयोजक जिवनारायण कोईरालाले भने, २८ पसलको अनुगमन गर्यौं, दर्ता नभएकालाई दर्ता गर्न, पसलको मुल्य सूची र वोर्ड राख्न निर्देशन दिएका छौँ । अनुगमनमा मदिरा, सुर्ति, तराजु ३ थान, भुजा, चाउचाउ, कोल्ड डिङक्स, पाउरोटी लगाएतका सामाग्री जफत गरिएको छ, आचार्यले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल