२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बाबुको किरिया गर्दै १५ वर्षीया किशोरी

१७ फाल्गुन २०७५, शुक्रबार ०१:१०

फागुन १७, भरतपुर । भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बस्नुभएको छ । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उहाँ हिन्दू संस्कारअनुसार आफै किरिया बस्नुभएको हो । 

उहाँका बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते ३९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । गोरखाको पालुङटार घर भई शिक्षक पेशामा आवद्ध बाबु लक्ष्मणको निधन भएपछि ठूली छोरी आर्मिन्ता किरियामा बस्नुभएको हो । कान्छी छोरी नौ बर्षकी हुनुहुन्छ । 

सङ्गीता बाबुले आफूलाई अनेक दुःख, समस्या भोगेर पनि स्याहार गरेकोप्रति कृतज्ञता जनाउन पनि किरिया बसेको बताउनुहुन्छ । बुबाले आफू नमर्दै तिमी मेरो छोरा हो, म मरे भने पनि तिमी किरिया बस्नु भन्ने गरेको उहाँले बताउनुभयो । 

आर्मिन्ताले हिन्दू संस्कारअनुसारका सबै कर्म गरेर बाबुको किरिया गरिरहेको मृतकका काका मानबहादुर देवकोटाले जानकारी दिनुभयो । छोराछोरी बराबर ठानेर छोरीकै चाहनाबमोजिम किरिया गरेको उहाँले बताउनुभयो । पुरुषप्रधान समाजमा महिला सशक्तीकरणका लागि सन्देश दिने उद्देश्यले छोरीले गर्ने किरियालाई महत्व दिएको मानबहादुरको भनाइ छ । 

१५ वर्षीया किशोरीले बाबुको किरिया गरेपछि स्थानीयवासीले पनि आर्मिन्ताको साहसको प्रशंसा गरेका छन् । उनीहरुले आर्मिन्ताको अभियानले महिला पनि पुरुषसरह जस्तोसुकै परिस्थितिसँग पनि जुध्न सक्छन् भन्ने उदाहरण पेस गरेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो