2026-09-01 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

मन्त्री अधिकारीको सपना पूरा गरिने

नारायण अधिकारी | फागुन १७, चितवन | पछिल्लो एक महीनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैँ भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई छ पटक टेलिफोन गर्नुभयो । 

मन्त्री अधिकारीको सपना थियो भरतपुर विमानस्थल जसरी पनि विस्तार गर्ने र ठूला विमानसहित रात्रिकालीन उडान भर्ने तर सो सपना पूरा हुन नपाउँदै बुधबार उहाँको स्वर्गारोहण भयो । मन्त्री अधिकारीको सोे सपना पूरा गर्न महानगरप्रमुख दाहाल आफै लागिपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “ मन्त्री अधिकारीको चासो, चिन्ता र हाम्रो आवश्यकता पूरा गर्न अब हामी लाग्नुपर्छ ।” नगरप्रमुख दाहाल भन्नुहुन्छ, “१५ दिनयता उहाँ स्वयंले मलाई पाँच÷छ पटक टेलिफोन गर्नुभयो । विमानस्थल विस्तारका लागि रक्षा मन्त्रालयसँग पनि लगभग सहमति भएको बताउनु भएको थियो ।” 

उहाँ जोड दिनुहुन्छ, “मन्त्रीज्यूले यो विमानस्थल विस्तार गर्न चासो देखाउँदै प्राधिकरणका उपमहानिर्देशकको नेतृत्वमा एक टोली समेत पठाउनु भएको थियो ।” दाहालका अनुसार मन्त्री अधिकारीले पटक पटकको टेलिफोनमा जसरी पनि विमानस्थल विस्तार गर्नुपर्नेमा जोड दिँदै आवश्यक निर्णय र कागजपत्र पठाउन सुझाव पनि दिनुभएको थियो । 

मन्त्रीको चासो र चिन्ता देखेर आफूलाई पनि काम गर्न उत्साह मिलेकामा यस दुखद घटनाले उहाँको यो सपनालाई पूरा गराउन आफू लागिपर्ने महानगरप्रमुख दाहालको भनाइ छ । 

भरतपुर विमानस्थलको धावनमार्गको पूरै भाग प्रयोग गर्न नमिले पनि यो विमानस्थललाई तराईको लुक्ला भनेर चित्रण गरिँदै आए पनि समय समयमा विमान उडान र अवतरणमा समस्या देखिँदै आएको छ । गत माघ १९ गते मन्त्री अधिकारी विमानबाट यहाँ अवतरण गर्न खोज्दा कठिन भएको थियो । विमानले दिशा परिवर्तन गरी अवतरण गर्नुपरेको थियो । 

नागरिक उड्डयन प्राधिकरण भरतपुर शाखा प्रमुख पवनकुमार गौतमका अनुसार विमान अवतरण गर्न नसकेपछि मन्त्री अधिकारीले पछिल्लो समयमा चितवन आउँदा निकै डर लागेको बताउनुभएको थियो । मन्त्रीलाई उद्धृत गर्दै उहाँ भन्नुहुन्छ, “मेरै छाती ढक्क फुल्यो, जसरी पनि विमानस्थलको विस्तार गर्नुपर्छ ।” 

सोही समयमा मन्त्री अधिकारीको उपस्थितिमा महानप्रमुखसहित सुरक्षा निकायको संयुक्त बैठकमा उहाँले विमानस्थल विस्तारका लागि निर्देशन दिनुभएको थियो । सोहीअनुसार प्राधिकरणका उपमहानिर्देशकको नेतृत्वमा एक टोलीले स्थलगत अध्ययन पनि गरेको थियो । 

विमानस्थल निर्माणका लागि तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विषय छुट्याएर कामसमेत अघि बढाइएको शाखा प्रमुख गौतम बताउनुुहन्छ । मन्त्री अधिकारीले भरतपुर विमानस्थल नजिकै रहेको सैनिक गण हटाएर भए पनि धावनमार्ग विस्तार गर्नुपर्ने सुझव दिनुभएको उहाँको भनाइ छ । मन्त्री अधिकारी काठमाडौँ फर्किएपछि पछिल्लो समय आफूसँग पनि निरन्तर फोन सम्पर्क भएको शाखा प्रमुख गौतम जानकारी दिनुहुन्छ । 

जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र संरचना बनेपछि अवतरण र उडानमा अवरोध हुँदै आएको छ । उहाँका अनुसार हाल धावनमार्ग एक हजार २०० मिटर लामो भए पनि संरचनाको अवरोधले ९०० मिटर मात्र प्रयोग गर्नुपरको छ । धावनमार्ग पूरा प्रयोग गर्न नपाउँदा जहाजलाई सहज उडान र अवतरण गर्न कठिन हुनाका साथै सिट क्षमता अनुसारको यात्रु बोक्न पनि कठीन हुँदै आएको छ । सहज रूपले उडान र अवतरण हुन नसक्दा विमानका पाटपुर्जामा समेत असर पारेको गनासो आएको छ । विमानस्थल जोखिममा रहेकाले विस्तार गर्न नसकेमा बन्द गर्नुपर्ने अवस्था आएपछि सरोकार पक्ष विमानस्थल विस्तारका लागि सकारात्मक रुपमा अघि बढेको शाखा प्रमुख गौतम बताउनुहुन्छ । 

विमानस्थल विस्तारका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी भएकोे छ । यसका लागि ८०० देखि एक हजार मिटर धावनमार्ग थप गर्न सकिने भएको छ । 

विसं २०१५ मा उक्त विमानस्थल निर्माण गरिएकामा हवाई विभागले २०१८ साल मङ्सिर १२ गतेदेखि हवाई उडान थालेको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणका समयमा निकै चाप ब्योहोर्नु परेको यस विमानस्थलबाट हाल नौ वटा उडान काठमाडौँका लागि र एउटा उडान पोखराका लागि गरिँदै आएको छ । विमानस्थलले दैनिक ७५० देखि ८०० लाई सेवा दिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला