2026-09-08 03:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा सार्वजनिक शौचालय बनाइने

फागुन २०, ललितपुर | ललितपुर महानगरपालिकाले स्थानीयवासी र स्थानीय सङ्घ संस्थासँगको सहकार्यमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । 

महानगरभित्र अति आवश्यक स्थानमा शौचालय नभएपछि स्थानीयवासीलाई सहभागी गराएर वडापिच्छे शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ । महानगरमा शौचालय अपर्याप्त रहेको र भएका पनि फोहर रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । शौचालय निर्माण आवश्यक भएको स्थानीयवासीबाट माग भएपछि निर्माण गर्ने योजना बनाइएको उहाँले बताउनुभयो । 

प्रवक्ता महर्जनले भन्नुभयो, “आवश्यक भएका ठाउँ हेरेर नयाँ निर्माण गर्ने र खराब अवस्थाका शौचालय सुधार्ने योजना छ ।” शौचालय बनाउन विभिन्न संस्था इच्छुक देखिएका छन् । बसपार्क, विभिन्नचोकलगायत भीडभाड हुने ठाउँमा शौचालय बनाउने योजना रहेको बताइएको छ । प्रत्येक वडामा कम्तीमा एउटा शौचालय निर्माण हुने गरी सम्झौता गरिनेछ । स्थानीयवासीको संलग्नतामा निर्माण हुँदा त्यसको संरक्षण हुने महानगरको विश्वास छ । पहिले उपमहानगरपालिका हुँदादेखि नै यहाँ एकाध भन्दा शौचालय छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ