2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रचण्डद्वारा पार्कको अवलोकन

फागुन २१, उर्लाबारी | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान मोरङको बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिक वनमा निर्माणाधीन सिर्जना पार्कको अवलोकन गर्नुभएको छ । 

नेपालसहित छवटा देशका मूर्तिकारले निर्माण गरिरहेका ढुङ्गाका कलात्मक मूर्ति हेर्दै अध्यक्ष दाहालले ढुङ्गाबाट समेत समृद्धि आउँदो रहेछ भन्नुभयो । उहाँले निर्माण भइरहेको पार्कका विषयमा जानकारी लिनुभएको थियो । ढुङ्गाका विभिन्न कलात्मक मूर्तिसँग फोटो खिच्दै उहाँले पार्कलाई प्राकृतिक खालको बनाउनसमेत सुझाव दिनुभयो । 

सिर्जना सामुदायिक वन उपभोक्ता समितिको ३३ बिघा जमीनमा निर्माणाधीन पार्कको पहिलो चरणको कार्यशाला भने आज सकिंदैछ । नेपालसहित भारत, जापान, जर्मनी, बङ्गालादेश र इटालीका मूर्तिकारले अहिले ‘फनपार्क’का लागि ढुङ्गाबाट मूर्ति बनाइरहेका छन् । कार्यशालामा ४२ जना मूर्तिकारले मूर्ति बनाइरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई