२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निर्माण भएको १४ वर्ष बितिसक्दा पनि बसपार्क सञ्चालन भएन

२०७५, २३ फाल्गुन बिहीबार ०८:५७

फागुन २३, लहान । लहान नगरपालिका–३ मा निर्माण भएको बसपार्क १४ वर्ष बितिसक्दा पनि सञ्चालन नहँुदा राजमार्गमै सवारी साधन अव्यस्थित तरिकाले पार्किङ गर्न व्यवसायी बाध्य छन् । 

सम्बन्धित निकायको उदासीनताका कारण गत २०६१ सालदेखि निर्माण शुरु गरिएको बसपार्कमा अधिकांश भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसके पनि सञ्चालन नहुँदा लामो तथा छोटो दूरीमा चल्ने बस मुख्य सडकमै पार्किङ गर्ने गरेका हुन् । 

बसपार्क सञ्चालन नहँुदा सडकमै जताततै सवारी साधन पार्किङ हुने गरेकाले सवारी साधनको आवागमनमा समस्या हुनाका साथै दुर्घटनासमेत हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेत बताउनुहुन्छ । 

लहान नगरपालिकाले स्थानीय निजी कम्पनी लहान ट्रान्सपोर्ट टर्मिनल म्यानेजमेन्ट कम्पनीलाई गत २०६१ सालमा बसपार्क सञ्चालन गर्न सम्झौता गरेको थियो । तर २०६२÷६३ को जनआन्दोलनपश्चात् तत्कालीन पदाधिकारीहरु हटेपछि सो निर्माण कार्य पनि बन्द भएको थियो । रु सात करोडको लागतमा बसपार्कसम्म जाने ग्राभेल सडक, काउण्टर, पसलहरु सञ्चालन गर्ने सटरहरु, शौचालय तथा प्रहरी बिट निर्माण भइसकेको निर्माण कम्पनीले जनाएको छ । 

लहानस्थित सप्तऋषि नर्सिङ होमदेखि १०० मिटर दक्षिणमा करीब तीन बिगाहा क्षेत्रफलमा निर्माण भएको बसपार्कबाट बस सञ्चालन गर्न पटक पटक पहल भए पनि बस व्यवसायीको दबाबमा अझै बस सञ्चालन नहँुदा निर्माण भएका भौतिक पूर्वाधारहरु प्रयोगविहीन भएको छ । 

“निर्माण शुरु गरेको दुई वर्षभित्रै जग्गा खरीद गरेर सडक र बसपार्कमा भौतिक पूर्वाधारहरु निर्माण गरिसकेका छौँ,” कम्पनीका सञ्चालक समितिका सदस्य विनोद साहले भन्नुभयो, “बसपार्क निर्माण भएपछि केही वर्षअघि चार÷पाँच महीना जति बसपार्कबाट बसहरु सञ्चालन भएको थियो तर त्यसपछि बस व्यवसायीको दबाबमा बन्द भएको हो ।” 

नगरपालिका र आफूहरुबीच ३५ वर्षका लागि बसपार्क सञ्चालन गर्ने सम्झौता भएकाले यही बसपार्कबाट बस सञ्चालन गर्न नगरपालिकाका जनप्रतिनिधिहरुसँग पटक पटक आग्रह गरेको सञ्चालक समिति सदस्य साहको कथन छ । आफूहरुसँगको छलफलका क्रममा नगरपालिकाका प्रमुख मुनी साहले बसपार्कबाट बस सञ्चालन गर्न पहल र प्रयत्न गरिने प्रतिबद्धता जनाएको साह बताउनुहुन्छ । बसपार्कमा करीब ६०० सवारी साधन पार्किङ गर्न सक्ने क्षमता रहेको कम्पनीको दाबी छ । 

उक्त बसपार्क लामो समयसम्म पनि सञ्चालन नभएपछि लहान नगरपालिका–१ स्थित सिङ्गराहीमा नगरपालिकाले नयाँ बसपार्क निर्माण थालेको लहान नगरपालिकाका इञ्जिनीयर तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत शत्रुधन चौधरीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस