२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

विद्यालयमा छात्रा बेहोश

२४ फाल्गुन २०७५, शुक्रबार ०८:३६

विमलबहादुर विष्ट | फागुन २४, डोटी | जिल्लाको सायल गाउँपालिका ६ खातीवडाका पुरन साउदले छोरी रिङ्कुलाई पढ्दै गरेको दल्लेकस्थित हिमालय आधारभूत विद्यालयबाट छुटाएर अर्को विद्यालयमा सार्नुभएको छ । 

उक्त विद्यालय जाँदा छोरी काँप्ने (देउता आउने) भएकीले उहाँले सो विद्यालयबाट निकालेर गोलदेउला एकेडेमीमा भर्ना गर्नुभएको हो । “त्यो विद्यालयमा पढ्दा मेरो छोरी धैरै पटक काँपेकीले उनलाई अर्को विद्यालयमा भर्ना गरेँ” उहाँले भन्नुभयो । 

साउदका अनुसार नयाँ विद्यालयमा पनि रिङ्कु एक पटक कापिन तर अहिले अवस्था सामान्य छ । उक्त विद्यालयका कपितपय छात्रा विगत दुई महीनादेखि लगातार काँप्ने, चिच्याउने, मुठ्ठी कस्ने र बेहोस् हुने गरेको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “निरन्तर दुई महीनादेखि विद्यार्थी काँप्दै आएका छन् । छात्रा काँप्ने गरेकै कारण कतिपय अभिभावकले विद्यालय परिवर्तन गरिसके । यसबाट विद्यालयको पढाइमा समेत असर परेकोे छ ।” 

उक्त विद्यालयमा मध्यान्हको १२ बजेपछि प्राय धेरै छात्रा बेहोस हुने गरेको सो विद्यालयका अर्का शिक्षक गोपाल बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “छात्रा काँप्न थालेपछि हामीले धामीझाँक्री पनि प्रयोग ग¥यौँ, त्यसोगर्दा उत्तिबेला ठिक हुन्छ तर दोस्रो दिनदेखि फेरि समस्या बल्झिने गरेकाले हामी हैरान भइसकेका छौँ ।” उक्त विद्यालयमा छात्रा काँप्ने समस्याले विद्यालयको पढाइमा असर परेको र कतिपय छात्रा अन्तै जान थालेको खबर प्राप्त भएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पहिला सामान्य समस्या हो भनेर विद्यालयले जानकारी दिएन, अहिले जानकारी गराएको छ, स्वास्थ्यकर्मीसँग सल्लाह गरेर आवश्यक कदम चाल्छौँ ।” ‘कन्भर्सन डिसअडर’ भएकाकारण उक्त विद्यालयका छात्रा काँपेको हुनसक्ने जिल्ला अस्पतालका डा गिरीस अवस्थीले बताउनुभयो । “यो समस्या महिला पुरुष दुवैमा देखिने भए पनि महिलामा बढी देखिने गर्छ”, उहाँले भन्नुभयो, “महिलाको मनमा गुम्सिएर रहने तनावले गर्दा यसो भएको हुनसक्छ ।” पहिले यसलाई ‘मास हिस्टेरिया’ भन्ने गरिन्थ्यो तर चिकित्सकीय भाषामा यसलाई ‘कन्भर्सन डिसअडर’ भनिने गरिएको डा अवस्थीले जानकारी दिनुभयो । 

यस्तो समस्या भएको व्यक्तिमा कराउने, चिच्याउने, हात खुट्टा बाउडिने, मुठ्ठी कस्नेजस्ता लक्षण देखिने गरेको उहाँको भनाइ थियो । 

विद्यार्थीको स्वास्थ्य परीक्षण 

पूर्वी क्षेत्रमा पर्ने केआईसिंह गाउँपालिकाले पहिलो पटक आफनो क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षण अभियान थालेको छ । डा राजु गुरुङको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले वडा नं ५ जमलकट्टेस्थित भूवनेश्वर माविका विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको हो । गाउँपालिका गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले विद्यार्थीलाई जुकाको औषधि खुवाएर सो अभियान शुभारम्भ गर्नुभएको थियो । 

सो अभियानलाई जिल्लास्थित पारस्परिक जवाफदेहिता परियोजनाले सहयोग पु¥याएको उक्त गाउँपालिकाका स्वास्थ्य एकाइ संयोजक तिलबहादुर बोहराले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा उक्त गाउँपालिका–५ का चार सामुदायिक विद्यालयमा स्वास्थ्य परीक्षण गर्नाका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ भने आगामी आर्थिक वर्षमा गाउपालिकाभरिका सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने सोच बनाइएको उहाँको भनाइ थियो । 

गाउँपालिकाले आँखा कमजोर भएका विद्यार्थीलाई चश्मा तथा महिनावारी भएका छात्राका लागि सेनटरी प्याडसमेत हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष शाहीले विद्यार्थीको समयमै शरिर जाँच गरी स्वास्थ र निरोगी नागरिक बनाउन गाउँपालिका लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी हाम्रो गाउँपालिकाभित्रका सम्पूर्ण विद्यार्थीलाई निरोगी बनाउने अभियनमा छौँ । केही वर्षमै पूरै गाउँपालिकाका नागरिकलाई निरोगी बनाउने छौँ ।” 

उक्त विद्यालयलाई प्राथमिक उपचार सामाग्री भएको किटबक्स समेत वितरण गरिएको शिक्षक चेतराज भट्टले जानकारी दिनुभयो । भूवनेश्वर माविमा गरिएको स्वास्थ्य परीक्षणमा विद्यार्थीको तौल, उचाइ नाप्नाका साथै उनीहरुको कान, नाक, दाँत, छातीलगायत परीक्षण गरिएको स्वास्थ्य एकाइ संयोजक बोहराले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य