२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

नदी फर्काएर उत्खनन गर्दा बस्ती जोखिममा

२०७५, २५ फाल्गुन शनिबार ०७:२६

फागुन २५, लम्की | कर्णाली नदी फर्काएर ढुङ्गा बालुवा उत्खनन गर्दा टीकापुर–८ स्थित श्रीलङ्का बस्ती र हुलाकी राजमार्गमा पर्ने पुल जोखिममा परेको छ । अनियन्त्रित तरिकाले ढुङ्गा, बालुवा उत्खनन गर्दा कर्णालीको छेउमा ६०० बिघा क्षेत्रफलमा रहेको सो बस्ती र सँगै रहेको पुल जोखिममा परेको हो । 

त्यस क्षेत्रमा बग्ने कर्णाली नदीको धारलाई परिवर्तन गरेर बस्तीतर्फ धकेलिएको छ । धार परिवर्तन गरेर ढुङ्गा, बालुवा उत्खननको काम भइरहेको छ । विगत १० दिनदेखि नियमित ढुङ्गा, बालुवा उत्खनन गर्ने काम भइरहेको स्थानीयवासीको भनाइ छ । “नदी हाम्रो बस्तीतिर फर्काएर जेसिबी प्रयोग गरेर ढुङ्गा, बालुवा निकाल्ने काम भइरहेको छ ।” स्थानीय झपट बुढाले भन्नुभयो, “वर्षौदेखि बाढी र कटानको जोखिममा परेका हामी यसरी ढुङ्गा, बालुवा निकाल्दा हाम्रो बस्ती यस वर्ष डुब्ने निश्चित छ ।” 

ढुङ्गा, बालुवा निकाल्ने कामको स्थानीयवासीले विरोध गरे पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । धार परिवर्तन गर्दा त्यस क्षेत्रमा भइरहेको तटबन्धको कामसमेत अवरुद्ध भएको छ । टीकापुर नगरपालिकाबाट ढुङ्गा, बालुवा निकासीको ठेक्का लिएका ठेकेदारले ढुङ्गा, बालुवा उत्खनन गरेको बताइएको छ । 

सो क्षेत्रमा ७० परिवार बस्दै आएका छन् भने त्यहाँ बाढीका कारण उखुखेती गर्ने गरिएको छ । नगर प्रमुख तपेन्द्रबहादुर रावलले आफूले नदी बस्तीतिर फर्काइएको कुरा हिजो मात्रै जानकारी पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका संयोजकसँग छलफल गरिरहेको छु, बस्ती जोखिम गर्ने गरी उत्खनन गर्न दिइन्न ।” 

स्थानीयवासीले विरोध गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरले दुई जेसिबी नियन्त्रणमा लिए पनि एक दिनमै छाडेको छ । “हामीले नियन्त्रणमा लिएका थियौँ, नियमवितरीत हुने गरी उत्खनन नगर्ने शर्तमा कागज गरेर जेसिबी छाडेका हौँ”, प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले भन्नुभयो, “स्थानीयवासीको विरोध आएपछि पक्राउ गर्ने काम गर्छौँ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस