२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पचहत्तर फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण शुरु

२०७५, २५ फाल्गुन शनिबार १२:११

फागुन २५, कञ्चनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य शुरु भएको छ । 

भ्याली कन्स्ट्रक्सन प्रालिले रु १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का पाएको हो । महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेचीकाली भ्रमण गरी मूर्ति निर्माणका लागि सुन, चाँदी, पित्तल, तामालगायतका धातु सङ्कलन गर्नुभएको थियो । 

भ्रमणका क्रममा उहाँले रु एक करोड ८४ लाख ७२ हजार रकम सङ्कलन गर्नुभएको थियो । भीमदत्त नगरपालिकाकाले मूर्ति निर्माणका लागि रु एक करोड उपलब्ध गराउने घोषणा गरेको छ । 

मूर्ति निर्माणका लागि २२ देखि ३० टनसम्म धातुको प्रयोग हुने बताइएको छ । तीन वर्षभित्र निर्माण हुने मूर्ति निर्माणका लागि १२ हजार मजदूर आवश्यक पर्ने निर्माण कम्पनीले जनाएको छ । 

अष्टधातुको नेपाल आमाको ७५ फिट लामो मूर्ति बनेपछि नयाँ पर्यटकीय गन्तव्य स्थल बन्ने र यस क्षेत्रको महिमा बढ्ने जगतगुरुले बताउनुभयो । तीन रोपनी क्षेत्रको जग्गामा मूर्ति राखिने छ । मूर्ति निर्माण कार्यको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार एक समारोहबीच शुभारम्भ गर्नुभएको थियो । 

साइकल यात्रीद्वारा अवलोकन 

पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले देशभरका साइकल यात्री कञ्चनपुरका पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणमा संलग्न भएका छन् । युथ स्पोर्टस क्लब धनगढीको आयोजनामा शुक्रबारदेखि शुरु भएको सुदूरपश्चिम साइकल यात्रा २०७५ अन्तर्गत चर्चित विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा यात्री कञ्चनपुर आइपुग्नुभएको हो । 

यात्रुले नेपाल पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउनका लागि कैलाली र कञ्चनपुरका पर्यटकीय क्षेत्रको भ्रमणमा लागेका छन् । यात्रामा संलग्न यात्रीले बेदकोट नगरपालिकाको पर्यटकीय क्षेत्र लिङ्गाको भ्रमण गरेका छन् । 

शनिबार यात्रीले भीमदत्त नगरपालिकाको जैविक मार्ग, बिष्णुधाम मन्दिर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीमाथिको झोलुङ्गे पुललगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको क्लबका सदस्य जेपी चन्दले बताउनुभयो । सुन्दर सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जोड दिनका लागि यहाँ आइपुगेको विश्व साइकल यात्री शाहले बताउनुभयो ।

साइकल यात्राको माध्यमले पनि आन्तरिक पर्यटक भित्र्याउन सकिन्छ उहाँले भन्नुभयो, “यहाँका सुन्दर पर्यटकीय क्षेत्रबारे अन्य क्षेत्रमा समेत जानकारी दिन्छौँ ।” पहिलोपटक देशभरका साइकल यात्रीलाई भेला गराएर साइकल यात्रा कार्यक्रम आयोजना गरिएको भने यहाँ पहिलोपटक हो । 

साइकल यात्रीले बिहीबार कैलालीको शिवपुरीधाम, जोखरताल, फिस रिसोर्टलगायत क्षेत्रको भ्रमण गरेका थिए । साइकल यात्रामा देशभरका ४० बढी साइकल यात्रीको सहभागिता रहेको छ । भीमदत्त नगरपालिका क्षेत्रका पर्यटकीय क्षेत्रको भ्रमणपछि यात्राको भीमदत्तनगरमा समापन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस