2026-11-01 08:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

जब मन्त्रीले खोले धाराको टुटी…

रवीन्द्र काफ्ले | फागुन २६, फिदिम (रासस) | प्रतिलिटर ६० पैसामा खानेपानी खरीद गरेर जीविका चलाउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीयवासीले डिप बोरिङ गरेर जमीनबाट पानी निकालिएपछि ‘आनन्द’को अनुभूति गर्दैछन् । 

रु ५१ करोड बजेट खर्च गरिएको यासोक क्षेत्र पम्पिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा खानेपानीको चरम अभावमा ‘काकाकुल’ थियो, कुम्मायक । यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको परिकल्पनाअनुसार यहाँ डिप बोरिङ जडान गरियो । नभन्दै पानी निस्कियो र वितरण हुन थालियो । त्यही डीप बोरिङ आयोजनाको मन्त्री आङ्बोले शनिबार औपचारिक उद्घाटन गर्नुभयो । 

काकाकुल कुम्मायकवासीका लागि समस्याको अल्पकालीन समाधान गराउन उहाँले योजना बनाउनुभयो, बजेट निकासा भयो । पानी आएको धाराको टुटी खोल्ने पनि मन्त्री आङ्बो उपस्थित हुनुभयो । यो क्षणमा स्थानीयवासी हर्षविभोर थिए । जब धाराबाट पानी झ¥यो, सयौँ सहभागीले तालीमार्फत यसको स्वागत गरे । 

सुख्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकामा खानेपानीको उद्घाटनसँगै त्यस क्षेत्रका करीब एक हजार ५०० घरधुरीका सात हजार ५०० परिवारमा खानेपानीको अल्पकालीन सुविधा पुगेको छ । कुम्मायक गाउँपालिका–१ स्थित यासोक बजारमा शनिबार डीप बोरिङबाट निकालिएको पानीको धारा खोलेर उद्घाटन गरिएको हो । 

सो अवसरमा मन्त्री आङ्बो यासोक क्षेत्र पम्पिङ आयोजनाअघि नै डिप बोरिङ आयोजनाले सानो राहत दिएको बताउनुभयो । उहाँले प्रदेश सरकार शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत आवश्यकताको पूर्तिमा केन्द्रित भएको उल्लेख गर्नुभयो । खानेपानीको अभावमा आफ्नो थाकथलो छोडेर बसाइँ सर्नुपर्ने बाध्यता अन्त्य गर्न यो योजना अघि बढेको उहाँले प्रस्ट्याउनुभयो । समृद्ध राष्ट्र निर्माणका लागि ठूला पूर्वाधार निर्माणअघि अत्यावश्यकीय आवश्यकता पूर्ति गर्नतर्फ तीनै तहका सरकारका केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

समुदायको मागमा आधारित भएर कार्य गर्न उहाँले सबै सरकारी निकायलाई निर्देशन दिनुभयो । यासोक क्षेत्रमा पम्पिङ खानेपानी आयोजनालाई सफल बनाएपछि पम्पिङ सिँचाइ आयोजना अघि बढाउनुपर्ने धारणा मन्त्री आङ्बोको छ । यसतर्फ तत्कालै स्पष्ट धारणा बनाउने उहाँले स्थानीयवासीलाई अपिल गर्नुभएको छ । मन्त्री आङ्बोले वर्ष दिनमा सरकार परिवर्तन गर्दै अस्थिरता र द्वन्द्वको बीउ रोप्न पल्केकाहरु सरकारलाई घेराबन्दीमा पार्ने प्रयासमा लागिरहेको बताउनुभयो । 

नेपाल सरकारले २०६८ सालमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरेका साबिकका यासोक, रानीगाउँ र स्यावरुम्वा गाविसमा अहिले पाँच वटा डिप बोरिङका आयोजनाहरु अघि बढेका छन् । जसमध्ये तीन वटा आयोजनाबाट खानेपानी निकाली वितरण गर्न थालिएको छ । बाँकी दुई वटा आयोजना अन्तिम चरणमा पुगको आयोजनाका अध्यक्ष अमरसिंह थापाले जानकारी दिनुभयो । प्रदेश सरकारले रु एक करोड ६० लाख बजेट उपलब्ध गराएसँगै आयोजनको काम द्रुत गतिमा बढाई तत्कालै खानेपानी प्रबन्ध मिलाइएको खानेपानी तथा सरसफाइ डिभिजन नं १ का प्रमुख सुरतलाल चौधरीले बताउनुभयो । 

मेची अञ्चलमै पहिलो पटक यहाँ डिप बोरिङको आयोजना सफल भएको उहाँको भनाइ छ । सुख्खा क्षेत्रमा पानी निस्केपछि स्थानीय हर्षित छन् । स्थानीय व्यवसायी लीला थापा भन्छिन्, “यो त अचम्मै हो । यसरी पानी निस्कन्छ भन्ने मैले सोचेको पनि थिएन । अब पानीकै अभावमा कुनै पनि व्यवसाय बन्द गर्नु नपर्ने भयो ।” विद्युत्को सहायताबाट बोरिङ गरेर निकालिएको पानी सर्वसाधारणका घरसम्म पु¥याउन यासोक बजारमा पुरानै पाइपलाइन र सङ्कलन केन्द्रलाई प्रयोग गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । 

यो सँगै कुम्मायक गाउँपालिकाले प्रतिलिटर ६० पैसामा वितरण गर्दै आएको तमोर नदीको पानी वितरण कार्यसमेत बन्द भएको छ । डिप बोरिङ आयोजनाको पानी वितरण भएसँगै पानी अभावमा बसाइँ सरेका थुप्रै परिवार पुनस्र्थापित हुने अपेक्षा गरिएको स्थानीयवासीसमेत रहनुभएका पूर्वसामान्य प्रशासन राज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फेको भनाइ छ । 

डिप बोरिङबाट पानी निकाल्ने प्रविधि सफल भएसँगै प्रदेश सरकारले फिदिम नगरपालिका–९ लुम्फावुङ, फिदिम नगरपालिका–११ नांगिन र फाल्गुनन्द गाउँपालिका–१ सुर्केनागीमा समेत यो प्रविधिको विस्तारमा सघाउने भएको छ । खानेपानीको अभाव रहेका जिल्लाका अन्य स्थानमा समेत यो प्रविधिको प्रयोगको माग बढेको हो । 

स्वास्थ्य शिविरमा ६४९ जनाले लिए सेवा 

याङवरक गाउँपालिकाको सहयोगमा पाँचथरको थर्पुमा आयोजित स्वास्थ्य शिविरमा ६४९ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन् । 

बाँस्कोटा समाज नेपाल केन्द्रीय समिति र जिल्ला कार्यसमिति पाँचथरले शनिबार आयोजना गरेको उक्त स्वास्थ्य शिविरमा पाँचथरको याङवरक र हिलिहाङ गाउँपालिका तथा ताप्लेजुङको पाथीभरा याङवरक र सिदिङ्वा गाउँपालिकाका स्थानीयवासीले सेवा लिएका हुन् । उक्त निःशुल्क स्वास्थ्य परीक्षण शिविरलाई बी एण्ड सी अस्पताल विर्तामोड, झापा तथा समर्पित अस्पताल फिदिम, पाँचथरले प्राविधिक सहयोग गरेको समाजका कोषाध्यक्ष रामप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । 

उक्त शिविरमा स्त्री रोग विशेषज्ञ डा सुनील शाह र सङ्गीता राई तथा सर्जन डा वासुदेव बाँस्कोटा, छाला तथा यौन रोग विशेषज्ञ डा रवीन्द्र बाँस्कोटा र फिजिसियन डा उमेश ढुङ्गाना तथा डा राजेन्द्र श्रेष्ठले बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । 

यस्तै बाल रोग विशेषज्ञ डा रुपक आचार्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा राजीवकुमार शाह, नाक, कान, घाँटी रोग विशेषज्ञ डा धर्मकान्त बाँस्कोटा र रोडियोलोजिस्ट डा सुमनकुमार श्रेष्ठ लगायतले बिरामीहरुको स्वास्थ्य परीक्षण गरी परामर्श दिनुभएको थियो । उक्त स्वास्थ्य शिविरमा भिडियो एक्स–रे, इसिजी र ल्याब सेवासमेत निःशुल्क सञ्चालन गरिएको थियो । 

स्वास्थ्य परीक्षण शिविरको उद्घाटन गर्दै याङवरक गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरेले दुर्गम ग्रामीण क्षेत्रका लागि यस प्रकारका शिविरहरु आवश्यक रहेको बताउँदै यस्ता कार्यमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने वताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द