२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कापी कलमबिना नै विद्यालय आउँछन् चेपाङ विद्यार्थी

२७ फाल्गुन २०७५, सोमबार ०७:४५

हीरालाल गुरुङ | फागुन २७, मुग्लिन | चितवन इच्छाकामना गाउँपालिकास्थित विद्यालयमा विद्यार्थीहरु प्रायः नियमित आउने गरेका छैनन् । 

विशेष गरी चेपाङ समुदायका बाहुल्य भएका सो बस्तीका विद्यालयमा विद्यार्थीहरु नियमित नआउने गरेका हुन् । कक्षा ३ सम्म पढाई हुने श्री सूर्यज्योति राष्ट्रिय आधारभूत विद्यालयमा ३५ जना विद्यार्थी भर्ना भएका छन् । तर नियमित रुपमा भने २० जनाको हाराहारीमा विद्यालय आउँछन् । 

अधिकांश चेपाङ बालबालिका अध्ययनरत यस विद्यालयमा आउने विद्यार्थीले कलम कापी नै नल्याउँदा पठनपाठनमा समस्या हुने गरेको विद्यालयकी प्रधानाध्यापक शकिला जोशीले बताउनुभयो । 

“चेपाङ समुदायका बालबालिका नियमित विद्यालय आउँदैनन्, आएकाले पनि कापी कलम नै ल्याउदैनन्, पठनपाठनमा समस्या छ”, प्रधानाध्यापक जोशीले भन्नुभयो । विद्यालय खाजा कार्यक्रम हटेपछि ती समुदायका बालबालिका नियमित विद्यालय आउन छाडेको उहाँले भन्नुभयो । 

प्रधानाध्यापक जोशीका अनुसार भौगोलिक विकट रहेको यस विद्यालयमा सहयोगी संस्था पनि पुग्ने गरेका छैनन् । विद्यालयले पनि विद्यार्थीलाई कापी, कलम दिन सकिने अवस्था छैन । वडा नं २ कै आधारभूत राष्ट्रिय विद्यालय मायाटारमा पनि चेपाङ विद्यार्थी कापी कलमबिना नै विद्यालय आउने गरेको सो विद्यालयका प्रधानाध्यापक पदमबहादुर चेपाङले बताउनुभयो । एक सय ७३ विद्यार्थी रहेको सो विद्यालयमा ७५ प्रतिशत चेपाङ सुमदायका बालबालिका अध्ययनरत छन् । 

कक्षा एक देखि आठसम्म पढाइ हुने यस विद्यालयमा ८०÷८५ विद्यार्थी मात्र नियमित आउने गर्छन् । वडा नं ६ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय चनौटेको समस्या पनि उस्तै छ । कक्षा एक देखि आठसम्म पढाइ हुने सो विद्यालयमा पनि १२५ विद्यार्थी भर्ना भएका छन् । विद्यालयको नियमित हाजिरीमा भने ७०÷७५ जनाको हाराहारीमा मात्र देखिन्छ । विद्यालयमा आउँदा अधिकांश विद्यार्थीले कापी कलम ल्याउँदैनन् । यहाँ भने घर्ती समुदायका बालबालिका अध्ययनरत छन् । घर्ती समुदायको पनि आर्थिक अवस्था र चेतनाको स्तर चेपाङ समुदायको जस्तै रहेको विद्यालयका सहयोगी कर्मचारी कृष्णबहादुर घर्ती बताउँछन् । 

आर्थिक अभावका कारण नै विद्यार्थी नियमित विद्यालय आउन नसक्ने राष्ट्रिय आधारभूत विद्यालयकी प्रधानाध्यापक भावना खनियाँ बताउनुहुन्छ । विद्यार्थी विद्यालय आउँदा कापी कलमसमेत नलिइकन आउने गरेको उहाँले भन्नुभयो । विशेषगरी जाडोमा न्यानो कपडा नहुनु र विद्यालय खाजा कार्यक्रमको व्यवस्था नहँुदा बालबालिका नियमित आउन नसकेको प्रअ खनियाँको भनाइ छ । 

गाउँपालिकाका शिक्षा अधिकृत दीपक सिग्देलले विशेष गरी चेपाङ बालबालिकालाई नियमित विद्यालयसम्म ल्याउन कठिनाइ भएको स्वीकार गर्नुहुन्छ । उहाँका अनुसार आर्थिक अभावका कारण नै चेपाङ बालबालिका नियमित विद्यालय आउदैनन् । 

रोकिएको खाजा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सिग्देलको भनाइ छ । विपन्नता र गरीबीका कारण विशेष गरी चेपाङ समुदायका बालबालिकालाई नियमित विद्यालय ल्याउन कठिनाई भइरहेका छन् । चेपाङ समुदायको बसोबास रहेका यस गाउँपालिकाका विद्यालयमा खाजा कार्यक्रम अझै पनि आवश्यक रहेको सिग्देलको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो