२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

रङ्गशाला निर्माणका लागि लमजुङ आमा समुहको ६ लाख ५५ हजार सहयोग

२०७५, २७ फाल्गुन सोमबार १४:०३

फागुन २७, लमजुङ | धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको बहुउद्देश्यीय ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि लमजुङ आमा समुह, यूकेले ६ लाख ५५ हजार ८ सय ५० रुपैंया सहयोग गरेको छ । सोमबार फाउण्डेशनको कार्यालयमा संस्थाका अध्यक्ष जुना गुरुङ् सहित अन्य पदाधिकारीहरुको उपस्थितीमा उक्त सहयोग रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरिएको हो ।

यूकेमा गत सेप्टेम्बर ८ मा आयोजना गरिएको ‘दोश्रो रमाईलो साँझ’ बाट संकलन भएको रकम आमा समुहले फाउण्डेशनलाई हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष गुरुङले धुर्मुस सुन्तलीसंग भेट्न पाउँदा खुसी लागेको बताउँदै फाउण्डेशनको कामबाट आफुहरु प्रभावित भएर सहयोग गर्ने भावना जागेको बताईन् । ‘उहाँहरुको कामबाट हामी निकै प्रभावित छौं’ अध्यक्ष गुरुङले भनिन् ‘यूकेमा रहनुहुने सबै आमाहरुको सहयोगमा हामीले कार्यक्रम गरेर संकलन गरेको रकम उहाँहरुलाई दिन पाउँदा हामी निकै खुसी छौं ।’ 


सहयोग हस्तान्तरणमा सहयोग लिँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे‘सुन्तली’ ले सबैलाई धन्यवाद दिईन् । ‘यो सहयोग मात्रै होईन्, नारी एकता, नारी शसक्तता पनि हो जस्तो लाग्छ’ घिमिरेले भनिन् ‘अर्काको देशमा बसेर आफ्नो देशलाई चिनाउन र कुनै पनि नारीलाई दुख पर्दा सहयोग गर्ने लमजुङ आमा समुहको कामले म आफैंपनि नारी भएको हिसावले निकै खुसी छु ।’

देशकै गौरवको गरियोजना आफुहरुले आँट गरिरहँदा प्राप्त हुने सहयोग र सकारात्मक प्रतिकृयाले आफुहरुलाई निकै ठुलो हौसला मिलेको बताउँदै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ले भने ‘रङ्गशाला नितान्त यहाँहरुकै सहयोगमा निर्माण सफल हुने हो । सबैजना अभियान्ता बनेर सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौं ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण