२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

उपभोक्ता र व्यवसायी सचेत हुनुपर्ने

२०७५, २८ फाल्गुन मंगलवार ०५:४५

फागुन २८, बनेपा | बजारमा पाइने उपभोग्य वस्तुको उपभोग र त्यसलाई बजारीकरण गर्ने व्यवसायीबीचमा दुवै उत्तिकै सचेत हुनुपर्ने अवस्था रहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । 

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ३ को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखा र खरीबोट उपशाखा पनौतीको संयोजनमा सोमबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘उपभोक्ताको अधिकार र कार्यान्वयन अवस्था’ विषयक अन्तरक्रियामा आयोगका प्रदेश नं ३ का निर्देशक यज्ञप्रसाद अधिकारीले उपभोक्ताले उपभोग गरेको वस्तुबाट आफूमा नराम्रो असर पारेमा त्यसको क्षतिपूर्ति प्राप्त गर्न सकिने अधिकार सुनिश्चित भएको बताउनुभयो । 

उहाँले पछिल्लो अवस्थामा उपभोक्ताको चेतनामा विकास, मौलिक हकमा उपभोक्ता अधिकारको व्यवस्था, सरकारले बजार अनुगमन र उपभोक्ता जागरण कार्यक्रमका लागि प्रत्येक जिल्लालाई बजेट विनियोजनको प्रक्रिया शुरु र अदालतबाट उपभोक्ताको पक्षमा हुने फैसलाका कारण नेपालमा उपभोक्ताको अधिकार संरक्षणको अवस्था रहेको बताउनुभयो । 

उहाँले सुरक्षाको अधिकार, सूचित हुने अधिकार, छनोटको अधिकार र सुनुवाइको अधिकार उपभोक्ता अधिकारका चार खम्बाका रूपमा नेपालको संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै अब त्यसका लागि दुवै पक्ष उत्तिकै जिम्मेवार रहेको बताउनुभयो । उहाँले बजार अनुगमनको जिम्मा स्थानीय सरकारलाई प्रदान गरेकाले अब उपभोग्य वस्तुमा दशैँ, तिहारमा अनुगमन गरेजस्तो मात्रै गर्ने देखावटी चलनको अन्त्य हुने अपेक्षा व्यक्त गर्नुभयो । 

कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बजार व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएका कारण बजारको अनुगमन, नियमन र नयाँ नियम स्थापना गर्नेलगायतको अधिकार आइसकेकाले त्यसमा स्थानीय तह जिम्मेवार भएर उभिन आवश्यक रहेको बताउनुभयो । उहाँले मानव स्वास्थ्यका लागि महत्वपूर्ण वस्तु खरीदमा मूल्यअनुसारको वस्तुको गुणस्तर, बिक्री गर्दा सेवा सही ढङ्गले प्राप्त हुनुपर्छ भन्ने विश्वव्यापी मान्यतालाई अवलम्बन गर्न आवश्यक रहेको बताउनुभयो । अहिले भइरहेको बजारमा मूल्यअनुसारको वस्तुको गुणस्तर नहुने, भए पनि महँगो हुने र नेपालमा गुणस्तर पहिचान गर्ने मापदण्ड नै नभएको उल्लेख गर्दै त्यसको सुनिश्चिताका लागि राज्यले प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नगर उपप्रमुख विमला शर्माले उत्पादन गरेको चिज गुणस्तर छ कि छैन भनेर जाँच गर्ने निकाय हुनुपर्नेमा जोड दिनुप¥यो । आम्दानीका लागि मात्रै सोच्नेभन्दा पनि खाना नहुने र प्रयोगमा ल्याउन नहुने चिज उत्पादन भएकालाई छुट्याउने काममा स्थानीय सरकार निरन्तर लागिरहने बताउनुभयो । 

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज अवस्थीले अधिकारलाई मात्रै बढाइरहनु र कार्यान्वयनमा जोड नदिने हो भने अधिकारको मात्रालाई बढावा दिएर उपभोक्ता ढुक्क हुने अवस्था नरहेको बताउनुभयो । आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउनुपर्ने कुरालाई मौलिक हकको रूपमा राखे पनि अझैसम्म कुनकुन सेवा वा उपचार निःशुल्क पाउने भन्ने कुरा उपभोक्ताले थाहा पाइरहेको अवस्था नरहेको उहाँले बताउनुभयो । स्वास्थ्यमा समान पहुँचलगायतका विषयमा सेवाग्राही नै सचेत भएन भने सेवा प्रदायकले दिनुपर्ने गुणस्तरीय सेवाबाट वञ्चित हुने अवस्था रहनसक्नेतर्फ सचेत गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस