2026-08-24 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बेपत्ता भएका १९ महिने बालक २३ घण्टापछि जंगलमा सकुशल भेटिए

फागुन २९, खोटाङ । खोटाङमा बेपत्ता भएको १९ महिने बालक २३ घण्टापछि शकुसल फेला परेको छ । मंगलबार बिहान साँढे १० बजे घरबाटै हराएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा फागुन २९, खोटाङ | खोटाङको जंगलमा  बेपत्ता भएका १९ महिने बालक २३ घण्टापछि सकुशल भेटिएका छन् ।  हात्तीसारटोलका राजकुमार मगर र सपना मगरको बच्चा एवान मगर बुधबार बिहान ९ बजे जंगलमा भेटिएको हो ।

घरबाटै बेपत्ता भएका हिँडडुल गर्न नसक्ने बालक घरभन्दा २ किलोमिटर टाढा पर्ने भस्लुङपाखामा शकुसल फेला परेको स्थानीय शिक्षक पञ्चुकुमार राईले बताउनुभयो । मंगलबार दिनभर र रातभर खोजी गर्दा नभेटिएका बालकलाई शेसथुम्कीको पाखामा उत्तिसको घना जंगल र काँडाघारीभित्र चुथ्रोको फेदमा बसिरहेको अवस्थामा फेला पारिएको हो । चुथ्रोको फेदमा शान्तसँग वसिरहेका बालक स्थानीयलाई देखेपछि अत्तालिँदै आफन्ततर्फ आएको शिक्षक राईले बताउनुभयो ।

हिँडडुल गर्न नसक्ने बालक घरभन्दा दुई किलोमिटर माथि जंगलको घारीमा भेटिएपछि स्थानीय अचम्मित भएका छन् । बेपत्ता भएको बालक फेला परेपछि अभिभाबक भने खुसी भएका छन् । बालक हराएपछि प्रहरीलाई समेत खबर गरिएको थियो ।

आमा कामका लागि बारीमा गएकाबेला बालकलाई हजुरबाको हेरचाहमा छाडिएको थियो । हजुरबा काम बिशेषले केही छिन घर बाहिर गएर फर्कँदा बालक राखेको ठाउँबाट बेपत्ता भएको आफन्तको भनाई छ ।

बालकको खोजीका लागि स्थानीयको तीन वटा समुह परिचालन गरिएको थियो । बालक हराएको खबर आएपछि प्रहरी समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।

स्वास्थ्य जाँच गर्दा पनि बालकको अवस्था सामान्य रहेको जानकारी आएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन