शंकर के सी । फागुन ३०, सल्यान । सल्यान कपुरकोट ३ टेकनडाँडाका नरेश भण्डारी २ वर्ष साउदी बसेर फर्किए । कुनै सिप नसिकेर विदेश गएका उनले निकै दुख भोग्नुपरेको बताए । सिप नभएको मान्छेले जहाँ गएपनि दुख र समस्या झेल्नुपर्छ भन्ने कुरा बुझेका नरेश केहि सिप सिक्ने सोँचमा थिए ।

घरेलु तथा साना उद्योग विकास समिती सल्यान र कपुरकोट गाउँपालिकाको सहकार्यमा कपुरकोटमै निःशुल्क हाउस वायरिङ तालिम सञ्चालन भएपछि उनलाइ तालिममा भाग लिने अवसर मिल्यो । विहिबार तालिम उद्घाटनमा नरेशले हाउस वायरिङ तालिम सिकेर गाउँमै केहि गर्ने योजनामा छन् । उनले भने, ‘सिप नहुँदा धेरै दुःख पाएँ, त्यसैले यहाँ वायरिङ सिक्न आएँ ।’

उनी जस्तै कपुरकोट ५ रीमकी गिता वोहोराले पनि स्थानीय तहबाट युवाका लागि निर्धारण गरिएको कार्यक्रममा प्रत्यक्ष रुपमा सहभागी हुन पाउँदा खुसीसँगै जिम्मेवारी बोध भएको भन्दै सीपलाई व्यवहारमा उतार्ने जनाइन् ।

पत्रकार शंकर के सीले सहजीकरण गरेको दुइ महिने हाउस वायरिङ तालिम उद्घाटन कार्यक्रममा कपुरकोट ३ का वडाध्यक्ष मिन बहादुर सेनले सिपले मानिसको जिवन उज्वल बनाउने बताए । यस्तै प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले वायरिङ जस्तो सिप सिकेको जनशक्तीको अहिले निकै अभाव भएकाले मिहेनतका साथ सिप सिकेमा रोजगारिको थुप्रै अवसरहरु आउने बताए । छनौट भएर आएका १२ जना तालिममा सहभागी छन् । आइतबार देखि प्लम्बर तालिम पनि सञ्चालन हुन लागेको कपुरकोट गाउँपालिकाले जनाएको छ ।

यसैविच गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बेरोजगार युवालाइ रोजगार बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन् । युवा शक्ति बैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहनु दुःखद् रहेको भन्दै सेनले सिप सिकेर नेपालमै काम गर्न सके आर्थिक रुपमा सबल हुनुका साथै समाज निर्माणमा समेत योगदान पुग्ने बताए । अव छिट्टै गाउँपालिकाले अर्काे कार्यक्रम ’युवा संग गाउँपालिका’ संचालन गर्न लागेको जनाउँदै अध्यक्ष सेनले युवाहरु सिपयुक्त र स्वरोजगार भएमा मात्रै समृद्ध कपुरकोट गाउँपालिकाको परिकल्पना गर्न सकिने बताए ।

March 14, 2019
समाज, सल्यान - SLN
‘सिप नहुँदा दुःख पाएँ, वायरिङ सिक्न आएँ’
By kit
5 मिनेट पढाइ