२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

विप्लवका दुई कार्यकर्ता चितवनबाट पक्राउ

३० फाल्गुन २०७५, बिहीबार ११:१८

फागुन ३०, चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव निकट नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ ।  चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बुधबार भरतपुर महानगरपालिका–५ मा भएको विष्फोटमा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिइएको बताए ।

विष्फोटलगत्तै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी उपरीक्षक राठौरका अनुसार पक्राउ परेकामध्ये सातलाई साधारण तारेखमा छोडिएको र अन्य तीनलाई थप अनुसन्धानका लागि राखिएको छ । आज थप दुई जना पक्राउ परेको उनले बताए ।  अनुसन्धान भइरहेकाले नाम गोप्य राखिएको छ । 

सिलिण्डर विष्फोटबाट भवन पूर्णरुपमा क्षति भएको थियो भने विष्फोटपछिको आगजनीले कागजपत्र पूरै जलेको प्रहरीले जनाएको छ । यस्तै विप्लव माओवादीले गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण जिल्लास्थित सम्पूर्ण व्यावसायिक प्रतिष्ठान, विद्यालय, बजार बन्द भएको छ । लामो दूरीका यातायात कम चलेका छन् । फाटफुट रुपमा छोटो दूरीका सवारी चलेका छन् । 

बन्दका क्रममा पूर्व पश्चिम राजमार्गमा सवारी रोकिएपछि प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यमा पुर्याउन थालेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मकवानपुर, नवलपरासी, काठमाडौँबाट आएका सवारी र जिल्लाबाट बाहिरिने सवारीलाई स्कर्टिङ गरेको प्रहरी उपरीक्षक राठौरले बताए । 

मकवानपुरबाट आएका सवारीलाई लोथरबाट, नवलपरासीबाट आएका गाडीलाई नारायणी पुलबाट र काठमाडौँबाट आएका सवारीलाई मौवा खोलाबाट प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यतर्फ पठाइएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो