पढ्न करिब 1 मिनेट लाग्छ

चिसाङ शेर्पा | चैत्र १, खोटाङ | सङ्घीय समाजवादी फोरम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम नगर अधिवेशनको तयारी पूरा भएको छ । पार्टीको केन्द्रिय सर्कुलर अनुसार चैत्र २ गते भोली हुने प्रथम नगर अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको हो ।

अधिवेशनका लागि दिक्तेलवजारमा तुल व्यानर टाँग्ने, साँस्कृतिक तयारी र नगरपालिकाको ११ वडामा वडा अधिवेशन गरी सकिएको अधिवेशन आयोजक समिति संयोजक निर्मल राईले जानकारी दिए । नगरपालिकाको अन्य चार वडामा विविध कारणवश वडा अधिवेशन गर्न नसकिएको उहाँको भनाई छ । दिक्तेलस्थित समिक्षालयमा हुने अधिवेशनका लागि आज मञ्च व्यवस्थापन गरिनेछ ।

अधिवेशनमा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव एवं सहरी विकास मन्त्री मोहमद इस्तियाक राई, केन्दीय सदस्य एवमं १ नं. प्रदेश समिति अध्यक्ष भुपेन्द्र नेङ्माङ र केन्द्रीय सदस्य लिला सिटौला दिक्तेल आउने अधिवेशन आयोजक समितिले जनाएको छ ।