2026-09-19 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मिर्गौला फेल भएका झलकलाई ५२ हजार आर्थिक सहयोग

चैत ३, खोटाङ | दुबै मिर्गौला फेल (ड्यामेज) भएका झलकमान तामाङलाई आर्थिक सहयोग प्राप्त भएकोे छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका झलकको परिवारले सहयोगको अपिल गरेपछि मलेसियाबाट दोश्रो पटक सहयोग जुटेको हो । मिर्गौला फेल भएपछि डायलायसिस गर्दै जीवन मरणको दोसाधमा रहेका ३३ वर्षीय तामाङको उपचारार्थ रोजागरीको सिलसिलामा मलेसियामा रहेका नुनथलाका साजन तामाङ र च्यास्मीटारका झलक तामाङकोे पहलमा ४९ हजार ४४४ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको बिरामीका आफन्त सुबास तामाङले बताए । प्राप्त सहयोग रकम विरामीका श्रीमतीको हात परिसकेको छ ।

यस्तै, साविक नुनथला ९ का सिताराम तामाङ र सागर तामाङबाट तीन अहजार आर्थिक सहयोग प्राप्त भएको छ । दुबै मिर्गौला फेल भइ गत पुस महिनादेखी राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाण्डौमा हप्तामा दुइ पटक डायलायसिस गराइरहेका उनका परिवालाई जटिल आर्थिक समस्या परेपछि परिवार र आफन्तले विभिन्न माध्यमबाट सवैसँग सहयोगको याचना गरिरहेको छ । परिवार तथा आफन्तले आ,आफ्नो स्थानबाट पनि सहयोग रकम संकलन गरिहरेका छन् ।

फेल भएको मिर्गौला दुइ पटक डायलायसिस गर्दा ६ हजार खर्च हुने गरेको छ । डायलायसिसमा बसेका बिरामीले बिशेष औषधी (इपिओ), अस्पताल आवतजावत, अन्य औषधीमा धेरै खर्च लाग्ने र आर्थिक हिसावले परिवारिक अवस्था कमजोर भएकाले ‘झलकमान’ बचाउनका निम्ति सहयोगको अपिल गरिएको हो । कमाइ गर्ने मान्छे नै थला परेपछि श्रीमतीसहित छोराछोरीको विचल्नी हुने अवस्था छ । श्रीमतीको समेत टाउकोमा नशा सम्बन्धि समस्या छ । श्रीमतीले पनि नियमित औषधी सेवन गरिरहनु भएको झलकका बहिनी प्रतिमा तामाङले बताइन् । ‘श्रीमतीसहित छोराछोरी पढाउनका काठमाण्डौ जानु भएको दाइमा मिर्गौलाको समस्या आयो । अहिले छोराछोरीको न पढाइ छ । बरु परिवारमा विजोग छ । डायलायसिसका लागि काठमाण्डौका विभिन्न अस्पताल चार्हानुपर्ने पिडा छ । एकातिर भएभरको सम्पत्ती सकिसक्यो । अव के गर्ने ।’ उनले सुनाइन् ।

बालबच्चालाई कुनै बोर्डिङ अनि श्रीमतीलाई सुखसयलमा राखेर आफ्नोसहित छोराछोरीको भविष्य उज्ज्वल बनाउने समयमा विभिन्न अस्पताल चार्हादै मर्दै बाच्दै गरेका झलकमानलाई विभिन्न माध्यमबाट सहयोग गर्न सकिने पारिवारीक स्रोतले जनाएको छ । झलकलाई सहयोग गर्नेले ९८०८४६०६१७ र ९८६०२०९८०९ मा सम्पर्क गरेर तथा प्रभु बैंकमा रहेको खाता नम्बर ०४२०१००११८९८६१०००००१ मा सिधा रुपमा आर्थिक सहयोग गर्न सकिनेछ । मानव सेवा नै धर्म हो भन्दै झलकमान बचाउ महाअभियानमा सबैलाई सामेल हुन परिवारको अनुरोध छ ।

मिर्गौलाका बिरामीले दुइ तरिकाबाट नयाँ जिबन जिउन पाउने केन्द्रका मिर्गौला रोग बिशेषज्ञले बताएका छन् । रोगी तामाङले (सिएपिडि) माध्यमबाट घरमा नै बसेर डायलासिस गराउन सक्छन् जुन गर्दा महिनाको तीस हजार देखी पैतिस हजार लाग्नेछ । र, नेपालमै मिर्गौला प्रत्यारोपण गरेमा ५ लाख र भारतका ठूला अस्पतालमा प्रत्यारोपण गर्नुपरेमा नेपालमा भन्दा बढी लाग्ने केन्द्रले जनाएको छ । मिर्गौला रोगी तामाङको डायलासिस तथा प्रत्यारोपण गर्न सहयोग पु¥याइ जीबन जोगाउने अभियानमा सवै पक्षको सहयोगको अपेक्षा गरिएको परिवारले जनाएको छ । मिर्गौलाका बिरामी तामाङको एक छोरा, एक छोरी र श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई