२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

डोटीबाट कैलाली जाँदै गरेको माइक्रोबस डडेल्धुरामा दुर्घटना, १ को मृत्यु, १० जना घाइते

२०७५, ४ चैत्र सोमबार ११:३२

चैत ४ डोटी | डोटीबाट कैलालीतर्फ जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हायस माइक्रोबस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं २ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिका ६ बस्ने २६ वर्षीय गणेश साउद रहेको प्रहरीले जनाएको छ । साउद नेपाल प्रहरी जवान भएको बताइएको छ । 

घाइते दुई जनालाई थप उपचारका लागि दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा ल्याइएको तथा अन्यको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिनुभयो । सडकमा रोकिराखिएको गाडीमा ओट (रोक्न राखिने वस्तु) नलगाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । गाडाी सडकबाट करीब २० मिटर तल खेतबारीमा खसेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत