2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

गर्मी लागेसँगै मिरमिरे जलको माग बढ्यो

चिसाङ शेर्पा | चैत्र ५ खोटाङ | जिल्लामा रहेको एकमात्र प्रशोधित पिउने पानी मिरमिरे जलको बजारमा माग बढ्न थालेको छ । गर्मीयाम सुरु भएसँगै खोटाङ अक्वा मिनिरल वाटर उधोगद्धारा प्रशोधित मिरमिरे जलको माग बढ्न थालेको हो । 

जिल्लाको ईतिहासमा पहिलो पटक पानी प्रशोधिते पानीको माग बजारबाट अत्याधिक रुपमा आउन थालेको मिरमिरे जलका प्रोपाईटर फुर्वा शेर्पाले बताए । उधोगमा प्रशोधित मिरमिरे जल दिक्तेल, नुनथला, बुइपा, जालपा, बाक्सिला, ऐसेलुखर्क, चखेवाभन्ज्याङ, हलेसी, जयरामघाट, ओखलढुंगाको हर्कपुर, उदयपुरको घुर्मि, कटारी, धरान, इटहरी र काठमाण्डौसम्म पुग्ने गरेको छ । पानीबाट लाग्ने रोगहरुलाई निर्मुलन गर्ने मिरमिरे जल एक लिटरको बोतलमा विक्री भईरहेको छ ।

२०७३ सालदेखी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल वातलमा प्रशोधित पानी अधिकांसले टाढाको शहरमा कोसेली स्वरुप लाने गरेका छन् । एक लिटरका १२ वोतल हुने पानी प्रति कार्टुन दुई सय रुपैयाँका दरले विक्री हुने गरेको छ । जिल्लामा विभिन्न औपचारिक कार्यक्रम हुंदा मिरमिरे जलको अझै माग बढ्ने गरेको छ । अन्य मिनिरल वाटरको तुलनामा मिरमिरे जल अत्यादिक स्वादिलो हुने ग्राहक बताउछन् । पर्यटकीय डाडाँ रुपाकोटको काखबाट उधोगमा प्रशोधन गर्न पानी ल्याईएको छ ।

सिरहाको मिर्चैया, लाहान र काठमाण्डौको पानी खोटाङमा ल्याएर ३५÷४० रुपैयाँमा बेच्नुपर्ने ? ताकि लिटरको ३५÷४० रुपैयाँमा दुध पाईन्छ । दुधभन्दा पानी महंगो किन्नुपर्ने, आफैले तराईको पानी प्रतिलिटर ४० रुपैयाँमा किन्नुपर्ने स्थितीले सम्भावना खोज्दै गए । प्रोपाईटर शेर्पाले भने, ‘गरे भने सक्छु भनेर लागे त्यहि ईच्छा शक्तिले अहिले चियाभन्दा सस्तोमा पानी दिईरहेका छौ । यो समग्र खोटाङको ठूलो उपलब्धि हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई