२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

१० वर्ष दुबई बसेको अनुभव: पैसा त कमाएँ तर आत्मसन्तुष्टि भएन

७ चैत्र २०७५, बिहीबार ०८:२४

चैत ७, तनहुँ – तनहुँको व्यास नगरपालिका–२ दमौलीका चन्द्र कायस्थ मंगलबार बिहान नौ बजे नै म्याग्दे गाउँपालिका–४ बडहरेमा रहेको माछापोखरी पुग्नुभयो । 

पोखरीबाट माछा निकाल्न लागेको  थाहा पाएलगत्तै उहाँ र दमौलीकै कृष्ण रुचाल त्यहाँ पुग्नुभएको थियो । उहाँहरु माछापोखरी पुग्दा सञ्चालक गणेशकुमार श्रेष्ठसहित स्थानीय गाउँले पोखरीबाट माछा निकाल्न व्यस्त थिए । झण्ड दुई घण्टा पर्खेर कायस्थले १० र रुचालले १ केजी माछा किन्नुभयो । 

कायस्थ र रुचाल मात्रै होइन पोखरीबाट माछा निकाल्ने थाहा पाएपछि अरु ग्राहक पनि माछा किन्न पोखरीमै पुगेका थिए । कायस्थले पोखरीको माछा मीठो हुने भएकाले आफूले सधैं यहीँबाटै माछा लाने गरेको बताउनुभयो ।

दमौलीका अरु ग्राहकले समेत माछा ल्याइदिन आग्रह गरेपछि आफूले सबैका लागि माछा किनेर लाने गरेको उहाँले बताउनुभयो । सञ्चालक गणेशकुमार श्रेष्ठले मंगलबार पोखरीबाटै १०० केजी माछा बिक्री भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘माछा कहिले निकाल्ने भनेर सोध्छन्, मैले जुन दिन निकाल्ने भनेर खबर गर्छु उहाँहरु पोखरीमै आइपुग्नुहुन्छ ।’ कहिलेकाहीँ माछा किन्न आउनेलाई रित्तो हात फर्काउनुपरेको भन्दै उहाँले भन्नुभयो, ‘सबै माछा बिक्री हुन्छ जस्तो लागेको थिएन, थुप्रैलाई माछा पुर्‍याउन सकिन्न ।’

पोखरीमै माछा प्रतिकेजी ४ सय रुपैयाँ पर्छ । माछाका लागि बजारको कुनै समस्या नरहेको बताइएको छ । उहाँले भन्नुभयो, ‘माछा बिक्री गर्दै बजारसम्म जानुपर्ने अवस्था छैन, पोखरीबाटै छोपाछोप हुन्छ ।’

श्रेष्ठले २० रोपनी क्षेत्रफलमा तीन वटा पोखरी निर्माण गरी माछापालन गरिरहनुभएको छ । पोखरीमा रहु, कमन, ग्रास, नैनी जातका माछा छन् । वार्षिक  १० लाख रुपैयाँभन्दा बढीको माछा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । माछापालनका लागि श्रेष्ठलाई छोरा भीष्म श्रेष्ठले सघाइरहनुभएको छ । माछापालनको सुरुवात भीष्मले नै गर्नुभएको थियो । 

विदेशबाट फर्किएर माछापालन 

भीष्म १० वर्ष दुबई बस्नुभयो । वैदेशिक रोजगारीका लागि दुबई पुग्नुभएका उहाँले त्यहाँ मिनरल वाटर कम्पनीमा काम गर्नुभयो । २०५९ देखि २०६९ सालसम्म विदेशमा बसेर काम गर्दा उहाँले पैसा त कमाउनुभयो, तर आत्म सन्तुष्टि कमाउन सक्नुभएन । भन्नुहुन्छ, ‘विदेश गएर पैसा त कमाएँ तर आत्मसन्तुष्टि भएन ।’

उहाँलाई लाग्यो, विदेशमा बसेर यति दुःख गरेर कमाउने जति त स्वदेशमै बसेर दुःख गरेर पनि कमाउन सकिन्छ । दुबई बसाईकै क्रममा उहाँलाई स्वदेश फर्किएर माछापालन व्यवसाय गर्ने सोच आयो । उहाँले लगत्तै आफ्ना बुवा गणेशकुमार श्रेष्ठलाई माछापालनबारे सुनाउनुभयो, बाबुले पनि उहाँको प्रस्तावमा सहमति जनाउनुभयो । 

भीष्म २०६९ सालमा स्वदेश फर्किनुभयो । लगत्तै माछापालन गर्न केही प्राविधिक कठिनाइ भयो । त्यतिबेला उहाँ मलेसिया पनि जानुभयो । तर ६ महिनामै फर्किनुभयो । उहाँ भन्नुहुन्छ, ‘विदेशमा बस्दा नै फर्किएपछि माछापालन गर्छु भन्ने सोच बनाइसकेको थिएँ।’

स्वदेश फर्किएपछि उहाँले दमौलीमा होटल पनि चलाउनुभयो अनि २०७१ सालदेखि माछापालन व्यवसाय थाल्नुभएको हो । भीष्मका बाबु गणेशकुमार श्रेष्ठ भन्नुहुन्छ, ‘अरुले जग्गा भाडामा लिएर माछापालन गरेकोसमेत देखें, तर हाम्रो त आफ्नै जग्गा छ त्यसमै माछापालन गरौं न भनेर छोरासँग सल्लाह गरें ।’

सुरुमा उहाँहरुले छ रोपनी क्षेत्रफलमा दुई वटा माछापोखरी खन्नुभएको थियो । त्यसका लागि तत्कालिन कृषि विकास कार्यालयले ६० हजार रुपैयाँ सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की