२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

फुटपाथका पसल हटाइए

२०७५, ७ चैत्र बिहीबार ११:०७

चैत ७, ललितपुर | लगनखेलदेखि मङ्गलबजारसम्मका फुटपाथका पसल आजबाट हटाइएका छन् । सडक यात्रा गर्ने यात्रुलगायत पर्यटकलाई आवतजावतमा निकै समस्या परेपछि उक्त पसल हटाइएका हुन् । 

सडकमा करीब १५० बढी व्यापारी व्यापार गरेर बस्ने गर्थे । आकस्मिक घटना परेका समयमा तत्काल एम्बुलेन्स, दमकललगायत पर्यटकको सवारी साधन सहजरूपमा आवतजावत गराउन अप्ठ्यारो परेकाले पसल हटाइएको ललितपुर महानगरपालिकाका मिडिया संयोजक माधवप्रसाद घिमिरले बताउनुभयो । 

“पसल हटाउने निर्णय महानगरपालिका, त्यहाँका टोलवासी र टोलसुधार समितिले सधँैको लागि लिएका छन्”, घिमिरले भन्नुभयो, “ट्राफिक प्रहरीले महानगरपालिकाको निर्णयलाई समन्वय गरी पसल हटाउन सहयोग गरिरहेका छन् ।” 

सार्वजनिक स्थानमा यस्ता पसल नराख्ने तर यात्रा गर्ने सडकमा मात्र राख्ने क्रम बढेसँगै यस्तो निर्णय गर्न बाध्य भएको महानगरपालिमा–१२ का अध्यक्ष नारायणलाल अवालेले जानकारी दिनुभयो । “यात्रा गर्ने मुख्य सडकमा जताततै पसल थाप्नाले दैनिक यात्रा गर्ने यात्रु र पर्यटकको आवागमनमा नकारात्मक असर परेको पाईयो”, अवालेले भन्नुभयो, “मुख्य सडक जताततै सवारी साधन राखिएको पाइएमा त्यसलाई पनि कारवाही गरिने निर्णय गरिएको छ ।” 

उक्त निर्णय हुनुअघि लगनखेलको फुटपाथमा बेलुका दुई घण्टा फुटपाथ व्यापारीलाई व्यापार गर्न दिइएको थियो तर, अबदेखि कुनै पनि समय सडक पेटी र पसल बाहेकका स्थानमा फुटपाथ व्यापारीले पसल राखी व्यापार गर्न नपाउने भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो