२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा ट्र्याक्टरबाट लडेर एक युवकको मृत्यु

२०७५, ७ चैत्र बिहीबार १४:०७

चैत ७, लहान | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–९ मा आज ट्र्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ । परीक्षणमा रहेको ट्र्याक्टरबाट लडेर सिरहाको मिर्चैया नगरपालिका–९ निवासी २२ वर्षीय श्रीराम सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सदालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

एकै दिन ११६ मोटरसाइकल नियन्त्रणमा 

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले ट्राफिक नियम विपरीत चलाएको भन्दै आज एकै दिन ११६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । 

होलीका बेला मादक पदार्थ सेवन गरी सवारी चलाउने सात, तीन जना सवार भएको र बिना हेल्मेट चलाएको १०९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको मोटरसाइकल आवश्यक जरिवाना तिराएर शुक्रबार छाडिने प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस