२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा चैत २१ युवा संसद सञ्चालन हुदै

२०७५, ७ चैत्र बिहीबार १४:१३

मंगलसैन ०७ चैत । अछाम सदरमुकाम मंगलसैनमा युवा संसद सञ्चालन हुने भएको छ । मंगलसैन  नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र जिल्ला युवा संजालको समन्वय सहकार्यमा यहि चैत २१ गते युवा संसद सञ्चालन गरिने भएको हो । 


युवाहरुको क्षमता विकास, नेतृत्व विकास र ब्याक्तित्व विकास गर्ने तथा स्थानीय स्तरमा युवालाई संसदिय अभ्याँस गराँउने उद्देश्यले युवा संसद चलाईन लागेको  जनाईएको छ । युवाका सवाल, समस्या, युवा प्रतिभा पहिचान र तिनको संसदिय अभ्याँसका आधारमा प्रस्तुतीकरण गरि संसद सञ्चालन गरिने जिल्ला युवा संजाल अछामका अध्यक्ष होमबहादुर साउदले  जानकारी दिनुभयो । मंगलसैन नगरपालिकाका सबै १४ वटै वडाहरुबाट प्रतनिधिमुलक रुपमा युवाहरुको सहभागिता गराई सञ्चालन गरिने युवा संसदमा युवाहरुले साँसदका रुपमा आफ्नो वडा, टोल छिमेकका सवाल, समस्या र बिविध विषयमा छलफल गर्ने जनाईएको छ । 


युवा संसद सञ्चालन सम्वन्धि तयारी बैठकको अध्यक्षता जिल्ला युवा संजालका अध्यक्ष होम बहादुर साउदले गर्नुभएको थियो भने प्रमुख अतिथीमा मंगलसैन नगरपालिका ४ का अध्यक्ष तथा  नगरको सामाजिक विकास समितिका संयोजक पदम बहादुर धामी रहनुभएको थियो । उहाँले युवाहरुको क्षमता विकास र नेतृत्व विकास गर्ने हेतुले सञ्चालन हुन लागेको युवा संसद कार्यक्रम लगायत अन्य युवाका क्षेत्रमा गर्नुपर्ने कामका लागि प्रतीबद्ध रहेको बताँउनुभयो । कार्यक्रममा मंगलसैन नगरपालिका ८ का अध्यक्ष हिरण्ड बोहरा, ९ का अध्यक्ष झपट रावल, १० का अध्यक्ष नेत्र बहादुर रावल, ३ का अध्यक्ष पदम सिंह भाट, सूचना प्रविधि अधिकृत पौरख बोगटी, पोषण कार्यक्रमका स्वंसेवक शिद्धराज ढुंगाना लगायतका अतिथी रहनुभएको थियो  । 

मंगलसैन नगरपालिकाका सबै वडाका युवाहरुको सहभागिता रहेको बैठकमा मंगलसैन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बृकेश सिंह बोगटीले कार्यक्रमको उद्देश्यबारे जानकारी सहित स्वागत मन्तब्य राख्नुभएको थियो भने उदघाटन सत्रको सञ्चालन जिल्ला युवा संजालका सचिव कमल कुमार रावलले गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी