२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा चैत २१ युवा संसद सञ्चालन हुदै

७ चैत्र २०७५, बिहीबार १४:१३

मंगलसैन ०७ चैत । अछाम सदरमुकाम मंगलसैनमा युवा संसद सञ्चालन हुने भएको छ । मंगलसैन  नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र जिल्ला युवा संजालको समन्वय सहकार्यमा यहि चैत २१ गते युवा संसद सञ्चालन गरिने भएको हो । 


युवाहरुको क्षमता विकास, नेतृत्व विकास र ब्याक्तित्व विकास गर्ने तथा स्थानीय स्तरमा युवालाई संसदिय अभ्याँस गराँउने उद्देश्यले युवा संसद चलाईन लागेको  जनाईएको छ । युवाका सवाल, समस्या, युवा प्रतिभा पहिचान र तिनको संसदिय अभ्याँसका आधारमा प्रस्तुतीकरण गरि संसद सञ्चालन गरिने जिल्ला युवा संजाल अछामका अध्यक्ष होमबहादुर साउदले  जानकारी दिनुभयो । मंगलसैन नगरपालिकाका सबै १४ वटै वडाहरुबाट प्रतनिधिमुलक रुपमा युवाहरुको सहभागिता गराई सञ्चालन गरिने युवा संसदमा युवाहरुले साँसदका रुपमा आफ्नो वडा, टोल छिमेकका सवाल, समस्या र बिविध विषयमा छलफल गर्ने जनाईएको छ । 


युवा संसद सञ्चालन सम्वन्धि तयारी बैठकको अध्यक्षता जिल्ला युवा संजालका अध्यक्ष होम बहादुर साउदले गर्नुभएको थियो भने प्रमुख अतिथीमा मंगलसैन नगरपालिका ४ का अध्यक्ष तथा  नगरको सामाजिक विकास समितिका संयोजक पदम बहादुर धामी रहनुभएको थियो । उहाँले युवाहरुको क्षमता विकास र नेतृत्व विकास गर्ने हेतुले सञ्चालन हुन लागेको युवा संसद कार्यक्रम लगायत अन्य युवाका क्षेत्रमा गर्नुपर्ने कामका लागि प्रतीबद्ध रहेको बताँउनुभयो । कार्यक्रममा मंगलसैन नगरपालिका ८ का अध्यक्ष हिरण्ड बोहरा, ९ का अध्यक्ष झपट रावल, १० का अध्यक्ष नेत्र बहादुर रावल, ३ का अध्यक्ष पदम सिंह भाट, सूचना प्रविधि अधिकृत पौरख बोगटी, पोषण कार्यक्रमका स्वंसेवक शिद्धराज ढुंगाना लगायतका अतिथी रहनुभएको थियो  । 

मंगलसैन नगरपालिकाका सबै वडाका युवाहरुको सहभागिता रहेको बैठकमा मंगलसैन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बृकेश सिंह बोगटीले कार्यक्रमको उद्देश्यबारे जानकारी सहित स्वागत मन्तब्य राख्नुभएको थियो भने उदघाटन सत्रको सञ्चालन जिल्ला युवा संजालका सचिव कमल कुमार रावलले गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला