ठूलो दुर्घटनाबाट जोगियो

Posted on: 31 Mar, 2016

पर्वत, जिल्लाको शिवालय चोकमा रोकेर राखेको बस अचाक गुड्न थालेपछि शिवालयचोकमा केहिबेर तनाब भएको थियो । ध १ ख ९६ को बस अचानक गुड्न थालेपछि गाडीमा रहेका यात्रुहरु गाडीबाट हाम फाल्दा केहि यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। बसलाई पाकिङमा रोखर चालक चिया पिउन गएको अबस्थामा गाडी एकाएक गुडेको थियो ।

बस एकाएक गुडेपछि यात्र्ुहरुमा क्रास फैलिएको थियो । गाडी झण्डै १ सय मिटरको दुरीमा गएपछि नालीमा पसेको थियो । बस र चालक अहिले प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । बस नालीमा नगएको भए बस सिधै मादीनदीमा प्ुग्ने सम्भावन थियो र त्यसबाट हुने ठूलो दुर्घटनाबाट बचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!