२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा ४ हजार ६ सय १ जना परिक्षार्थीले एसईई दिँदै, ३९ बिद्यार्थि अयोग्य

२०७५, ९ चैत्र शनिबार १४:३९

कमल रावल, चैत ९ अछाम । आईतबार (भोलि) देखी देशब्यापी रुपमा सञ्चालन हुन लागेको यो वर्षको माध्यामिक तहको परिक्षा (एसईई) का लागि अछामका ३९ जना बिद्यार्थि अयोग्य भएका छन । जिल्लाभरीमा २२ जना छात्र र १७ छात्राले परिक्षा दिन नपाँउने भएका हुन । बिद्यालयमा ८० प्रतिशत उपस्थित नभएका वा माध्यमिक शिक्षा परिक्षा (एसईई) को लागि आवस्यक प्रक्रिया नपुगेका उनीहरुले परिक्षामा सहभागि हुन नपाँउने शिक्षा विकास तथा समन्वय ईकाई अछामका प्रमुख लक्ष्मण गिरीले बताँउनुभयो ।  अछाम जिल्लामा २३ वटा परिक्षा केन्द्र तोकिएको छ भने सबै परिक्षा केन्द्रहरुमा प्रश्नपत्र, उत्तरपुस्तिका पुगीसकेको, सुरक्षा प्रबन्ध लगायत अन्य सबै व्यवस्थापनको काम समेत सम्पन्न भईसकेको गिरीको भनाई छ । यो वर्ष अछाममा ४ हजार ६ सय १ जना परिक्षार्थी एसईई परिक्षामा सहभागि हुँदैछन् । जसमध्ये नियमित तर्फ ४ हजार २ सय ८४ जना, ग्रेड बृद्धि तर्फ १ सय ७४ जना, पुराना ग्रेड वृद्धि तर्फ १ सय ७६ जना र प्राविधिक तर्फ ९९ जना रहेका छन । जिल्लाभरीबाट छात्र २ हजार २ सय ४३ र छात्रा २ हजार २ सय ५८ ले परिक्षामा सहभागिता जनाउँन लागेको शिक्षा विकास तथा समन्वय ईकाई अछामले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी