२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुलाकी सडकमा १० किलोमिटर कालोपत्रे

१२ चैत्र २०७५, मंगलवार ०८:०१

चैत १२, लहान | हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टि सडकखण्डको १० किलोमिटर कालोपत्रे सकिएको छ । भारतीय सीमाक्षेत्रसँग जोडिएको सप्तरीको बोदे बर्साइन नरपालिकाको स्वर्णपट्टिदेखि भदैयासम्म करीब १० किलोमिटर सडकमा कालोपत्रे सकिएको उक्त सडकका कन्ट्र्याक्टर मेनेजर विनोद गौतमले जानकारी दिनुभयो । 

पूर्व–पश्चिम राजमार्गदेखि भारतीय सीमाक्षेत्र स्वर्णपट्टीसम्म करीब १७ दशमलव २८ किलोमिटरको सो सडकमा पर्ने बजार क्षेत्रमा ११ मिटर र बजार क्षेत्रबाहिर सात मिटर चौडाइ कालोपत्रे गर्ने योजना छ । 

ठेकेदार कम्पनी दिवा निर्माण प्रालि काठमाडौँले चैत मसान्तभित्र काम सकिने गरी सडक निर्माणको काम भइरहेको जनाएको छ । चैत महीनाभित्र सडकको सम्पूर्ण काम सकेर हस्तान्तरण गरिने गरी काम भइरहेको म्यानेजर गौतमले बताउनुभयो । 

रु ५८ करोड तीन लाख ९७ हजारको लागतमा निर्माणधीन सडकको काम २०७६ असार २० गतेसम्म सडक निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि २०७५ चैतभित्रै सकिने गरी तीव्र रुपमा सडक निर्माणको काम भइरहेको म्यानेजर गौतमको कथन छ । 

गत विसं ०७४ मङ्सिरदेखि निर्माण शुरु भएको सो सडकमा कालोपत्रे बाहेकको काम सकिएको छ, म्यानेजर गौतमले भन्नुभयो, “ सडकमा निर्माण गर्नुपर्ने ३३ वटै कल्भर्ट निर्माण भइसक्यो, अहिले एक हजार ४०० मिटर दाँयाबाँया फुटपाथसँगै नाला निर्माणसमेत अन्तिम चरणमा पुगेको छ ।” 

ती कामहरु सकेर माघ १५ गतेदेखि सडकको कालोपत्रेको काम शुरु गर्ने लक्ष्य रहेपनि अदालतमा परेको मुद्दाका कारण कालोपत्रे गर्ने कार्य केहीपछि धकेलिएको म्यानेजर गौतमले बताउनुभयो । उक्त सडक निर्माणको ठेकेदार कम्पनीविरुद्ध उच्च अदालत राजविराज इजलासमा फरक÷फरक व्यक्तिद्वारा तीनवटा मुद्दा दायर गरिएको छ । दायर गरिएका तीन वटै मुद्दामा अदालतबाट अन्तिम फैसला नआएपछि विवादित स्थानलाई छोडेर अन्य भागमा कालोपत्रेको काम शुरु गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान