२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम महोत्सवको तयारी अन्तिम चरणमा

१२ चैत्र २०७५, मंगलवार १२:२३

पूर्णबहादुर खड्का, चैत्र १२, अछाम । कृषि, औधोगिक, संस्कृती, पर्यटन विकास र स्थानिय उत्पादनको प्रवद्र्धन भन्ने नाराका साथ सुरु हुने अछाम महोत्सव २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । यहि चैत्र १५ गते देखी २२ गते सम्म मंगलसेन स्थित मालिका रंगशालामा संचालन हुने अछाम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितीले जनाएको छ ।

महोत्सवका लागि आवश्यक पर्ने स्वागतद्धारा निर्माण, स्टल व्यावस्थापन, रमाईलो मेला, खेलकुद तथा आर्कषकका साम्रागी लगायतको व्यावस्थापन भईसकेकाले तयारी अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितीका संयोजक एवंम नेपाल घरेलु तथा साना उद्योग महासंघ अछामका अध्यक्ष बमबहादुर रावलले बताउनु भयो ।  

नेपाल घरेलु तथा साना उद्योग महासंघ, अछामको आयोजनामा हुन गईरहेको महोत्सवको अछाम क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य यज्ञ बोगटीले उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक रावलले जानकारी दिनुभयो ।

संयोजक रावलका अनुसार कृषि, औधोगिक, संस्कृती, पर्यटन विकास र स्थानिय उत्पादनको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव संचालन गर्न लागिएको हो ।

महोत्सवमा अछामसंगै सुदुरपश्चिमको लोक संस्कृती झल्काउने प्रर्दशनी, पर्यटन प्रर्वद्धनका लागि अछाम स्थित विभिन्न पर्यटकिय स्थलहरुका फोटो प्रर्दशनी, अछाममा उत्पादति स्थानिय उत्पादलको प्रदर्शनी, व्यावसायिक उद्यमशिल्ताका सामाग्री समेत स्टलमा प्रदशनी गरिने कार्यक्रम रहेको छ ।

महोत्सवमा मुख्य आर्कषकका रुपमा नेपालका ख्याती प्राप्त कलाकार, हास्यकलाकार लगायतको उपस्थिती रहने मुल आयोजक समितीका कोषाध्यक्ष ईश्वर रावलले बताउनु भयो । कोषाध्यक्ष रावलका अनुसार महोत्सवमा राष्टिय कलाकारसंगै दोश्रो नेपाल आईडल रवि ओडको पनि बिशेष प्रस्तुती रहनेछ ।

महोत्सव उद्घाटन कार्यक्रममा अछामका स्थानिय होरी, देउडा, पुतला, सरु, पञ्चेबाजा, न्याउले लगायतका झलकहरु पनि प्रर्दशन गर्ने संयोजक रावलको भनाई छ । बिद्यार्थीका लागि रु. ४० र अन्यका लागि रु. ५० को टिकटको व्यावस्था गरिएको महोत्सवमा हरेक दिन स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला