२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रहरीचौकीमा ढुङ्गामुढा गर्ने पाँच पक्राउ

२०७५, १३ चैत्र बुधबार १०:५५

चैत १३, कञ्चनपुर (रासस) | बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा रातिका बेला ढुङ्गा मुढा गर्ने पाँचलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्फापुरका विकास विष्ट, धीरेन्द्र चन्द, ईश्वर चटौत, धीरेन्द्र रावल र हरि बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय झलारीको टोलीले पाँचै जनालाई पक्राउ गरेको हो । 

“गएराति १० बजे प्रहरीचौकी नजिकैको चोकमा जम्मा भएका पाँचै जनाले हो हल्ला गर्न थालेपछि प्रहरीले सम्झाइ घरपठाउन खोजेपछि प्रहरी चौकीमै पुगेर ढुङ्गामुढा गरी प्रहरी माथिनै हातपात गरेपछि पक्राउ गरिएको छ” इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो । 

चौकीको ढोकासमेत तोडफोड भएको उहाँले बताउनुभयो । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको छ । पक्राउ परेकामाथि सार्वजनिक शान्तिसुरक्षा विरुद्धको कसुर अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ । ढुङ्गामुढा गर्नेको समूहबाट प्रहरीले एक भारतीय नम्बर प्लेटको र एक नेपाली नम्बर प्लेटको मोटरसाइकल समेत बरामद गरेको छ । 

मोटरसाइकल चोरी गर्ने पक्राउ 

बेदकोट नगरपालिका– ३ का राकेश चन्दको म २ प ५३०९ नं को मोटरसाइकल घरबाट चोरी गरेर लादै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा राखिएको मोटरसाइकल हिँडाएर लादै गरेको अवस्थामा विकास दास र जीवन खातीलाई रङ्गे हात पक्राउ गरी हिरासतमा राखिएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । दुवै जनामाथि चोरी उद्योग अन्तर्गत मुद्दा चलाइने बताइएको छ । 

यसैबीच, शुक्लाफाँटा नगरपालिका– १० झलारीमा रहेको श्रीकृष्ण बहुमुखी क्याम्पसमै गएर छात्रछात्रालाई अश्लिल गालीगलौच गर्ने राजेन्द्र तिरुवालाई समेत प्रहरीले आज पक्राउ गरेको छ । यही चैत ८ गते क्याम्पसमा तिरुवाले अश्लिल रुपमा गालीगलौच गरेका थिए । क्याम्पस प्रशासनले प्रहरीलाई यसबारे जानकारी दिएपछि तिरुवा फरार रहदैआएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस