२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छोरीको विवाहका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान खरानी भएपछि..

२०७५, १४ चैत्र बिहीबार ०३:१५

चैत १४, लहान (रासस) | छोरीको विवाहका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको सुरुङ्गा नगरपालिका– ९ प्रमाणपुरका एक परिवार अहिले ठूलो बिजोगमा परेको छ । 

धुमधामका साथ छोरीको बिहे गर्छु भन्ने ठूलो सपना देखेका प्रमाणपुरका स्थानीय विद्यालाल मण्डलको परिवार विवाह कसरी गर्ने भन्ने चिन्तामा डुबेको हो । यही चैत २ गते अचानक भएको आगलागीमा छोरीको विवाहका लागि साहुमहाजनसँग ऋण लिएर जोहो गरेको नगद रु तीन लाख र सुनचाँदीको गरगहना तथा अन्नपातलगायतका सबै समान आगलागीमा जलेर नष्ट भएपछि यतिबेला बिजोगमा परेको विद्यालाल बताउनुहुन्छ । 

“बिहेको सबै तयारी हुँदै थियो, समान पनि किनेर घर भित्र्याइसकेको थिएँ”, उहाँ भन्नुहुन्छ, “तर अचानक बस्तीमा आगलागी भयो, घरको सबै सामान जलेर खरानी भएपछि ठूलो सङ्कटमा परेको हुँ ।” आगलागीमा न त टाउको लुकाउने रह्यो न त एक मुठी अन्न नै, अब कसरी छोरीको विवाह गर्ने भन्ने ठूलो चिन्तामा परेको उहाँ सुनाउनुहुन्छ । 

विद्यालालको तीन छोरीमध्ये जेठी छोरी मञ्जु कुमारीको यही वैशाख ४ गते सिरहाको लहान नगरपालिकास्थित ब्रह्मान गोर्छारीमा तय गरिएको छ । बिवाह नजिकिँदै गएका बेला एक्कासी आगलागीले घरबारविहीन बनाइएपछि उहाँको सात जनाको परिवार त्रिपालमुनि दिन बिताउँदै आएका छन् । स्थानीय बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा विद्यालालसहित स्थानीय आठ परिवारको १० वटा घर जलेर नष्ट भएको थियो । 

यसैबीच आगलागीबाट घरबारविहीन भएपछि छोरी विवाहको चिन्तामा डुबेको विद्यालालको परिवारलाई बुधबार नेपाल जनउत्थान प्रज्ञा समाज सप्तरीले आर्थिक सहयोग प्रदान गरेको छ । आगलागी भएको दुई दिनपछि नै चामल, दाल, कपडालगायतको राहत सहयोग गरेको समाजले आज छोरीको विवाहमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ विद्यालालको परिवारलाई नगद रु ५० हजार प्रदान गरेको हो । समाजका अध्यक्ष मो अल्लाउदीन र सुरुङ्गा नगरपालिका–९ का वडाध्यक्ष पुथ्वीविलास चौधरीले विद्यालाललाई सो नगद प्रदान गर्नुभयो । आर्थिक अवस्था कमजोर रहेकाले छोरीको विवाह गर्न समस्या भएको पीडित परिवारको बेदना सुनेर आर्थिक सहयोग गरेको समाजका अध्यक्ष मो अल्लाउदीनले बताउनुभयो । समाजले सो बस्तीका अग्निपीडित परिवारको समस्यालाई मध्यनजर गरी बस्तीमा तीन थान ट्युबेलसमेत जडान गरिदिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस