३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा किसानद्वारा दूधको भाउ बढाउन माग

१६ चैत्र २०७५, शनिबार ०८:२३

चैत १६, लमही । स्थानीय पशुपालक किसान तथा दूध व्यवसायीले दूधको भाउ बढाउन तुलसीपुर उपमहानगरपालिकाका प्रमुखसँग माग गरेका छन् । 

अहिले दानाको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको पशुपालक तथा दूध व्यवसायी रमेश गिरीले बताउनुभयो । “अहिले गाई तथा भैँसीको दूध प्रतिलिटर रु ५० मात्रै पर्छ तर दाना प्रतिकिलोको करीब रु ४५ सम्म पर्छ”, उहाँले भन्नुभयो, “यसले किसानलाई प्रतिलिटरमा रु पाँचभन्दा बढी आम्दानी हुँदैन ।” दश लिटर दूध दिने पशुलाई करीब पाँच किलो दाना खुवाउनु पर्ने भएकाले उपमहानगरपालिकाले दानामा सहुलियत उपलब्ध गराउनाका साथै दूधको मूल्यवृद्धि गरेर खुद्रा मूल्य प्रतिलिटर रु ७० र थोक मूल्य प्रतिलिटर रु ६० तथा दहीको खुद्रा मूल्य प्रतिकिलो रु ८० बनाउनुपर्ने बताउनुभयो । 

अर्का व्यवसायी लोकराज डाँगीले पशुमा महामारी रोग न्यूनीकरणका लागि उपमहानगरपालिकाले खोपको व्यवस्था गर्नुपर्ने बताउनुभयो । “अहिले हामीले जोखिम मोलेर पशुपालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अब उपमहानगरपालिकाले त्यो जोमिख हटाउन खोपको व्यवस्था गर्नुपर्छ ।” 

दूध व्यवसायी देवराज भण्डारीले पशुको कृत्रिम गर्भाधान निःशुल्क नगरिँदा किसान मारमा परेको बताउनुभयो । “अहिले कृत्रिम गर्भाधान गर्न रु ७०० भन्दा बढी तिनुपर्छ”, उहाँले भन्नुभयो, “कुनै पशुमा एकै पटकमा कृत्रिम गर्भाधान सफल नहुने भएकाले दोहो¥याउँदा र ते¥याउँदा आर्थिक भार थपिने गरेकोे उहाँको भनाइ थियो । 

तुलसीपुर उपमहानगर प्रमुख घनश्याम पाण्डेले पशुपालन क्षेत्रलाई उपमहानगरपालिकाले विशेष जोड दिएकाले किसानका समस्या समाधानतर्फ आफू लागिपर्ने बताउनुभयो । उहाँले पशुमा लाग्ने विभिन्न रोग निवारणका लागि खोपको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो । दानामा सबै किसानलाई एकमुष्ट रु पाँचलाख अनुदान दिने र त्यसैबाट किसानले आफैँले दाना खरीद गरेमा सहुलियत मिल्ने उहाँको भनाइ थियो । त्यस्तै कृत्रिम गर्भाधान, दूधको मूल्य तथा दानाको मूल्य समायोज र प्रदेश तथा केन्द्र सरकारबाट आउने अनुदानका बारेमा पनि आफूले छलफल गरेर पशुपालक किसानका समस्या समाधान गर्ने उपमहानगर प्रमुख पाण्डेले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ