2026-09-19 01:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

निर्माणधिन रेल्वे परियोजनाको लिक रेल नचल्दै भत्किएपछि…

चैत १९, विराटनगर । विराटनगरमा निर्माणधिन रेल्वे परियोजनाको नाला भत्किएको छ । भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म जोड्ने निर्माधीन रेल्वे परियोजनामा निर्माण गरिएको ढल निकास नाला सामान्य हावा पानी आउँदा भत्किएको हो ।

निर्माणधीन रेल्वे परियोजनाको लिकमा भारत बथनाहादेखि बिराटनगर कस्टम यार्डसम्म रेलको इञ्जिन परीक्षण गरिएको थियो । नेपाल तर्फ इञ्जिन परीक्षण गरिएको क्षेत्रमा करिब एक सय ८० मिटर ढल नाला भासिएको छ । रेल्वे परियोजनाको निर्माण भारतीय कम्पनी इरकोणले गरिरहेको छ ।

काम चलिरहेका बेला शनिवार राति आएको असिना पानीले लिकको बीचमा निर्माण गरिएको नाला भत्किएको इरकोनका कर्मचारी संजीवकुमार देवले बताए । उनका अनुसार निर्माण भएको ६५० मिटर नालामध्ये करिब १८० मिटर नाला धसिएको हो ।

नाला रेलको लिकको बीचबाट पानी तथा ढल निकासाका लागि बनाइएको हो । नेपाल कस्र्टम यार्डमा निर्माण भएको पर्खालमा पनि असिना पानीले असर गरेको छ ।

निर्माणधीन रेल्वे परियोजना भारत बनथाहादेखि विराटनगर हुँदै कटहरी गाउँपालिका –२ सम्म १८.१ किलोमिटर लम्बाई छ । सो मध्ये ८ किलोमिटर क्षेत्रमा काम

अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई