२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

तेस्रो लिङ्गीले नागरिकता फिर्ता गर्ने

२० चैत्र २०७५, बुधबार ०६:२०

चैत १९, काठमाडौं | प्रदेश नं ३ का लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गीले यसअघि आफूहरुले प्राप्त गरेको तेस्रो लिङ्गीको पहिचानसहितको नागरिकता फिर्ता गर्न लागेको बताएका छन् ।

पहिचानसहितको नागरिकता लिने प्रक्रियामा आफूहरुलाई विभेद गर्न लागिएको बताउँदै तेस्रो लिङ्गीले फिर्ता गर्नुपर्ने वाध्यता परेको जिकिर गरे ।

तेस्रो लिङ्गीको संस्था निलहिरा समाजले मङ्गलबार हेटौँडामा गरेको प्रदेश नं ३ स्तरीय प्रदेशका विभिन्न मन्त्रालय तथा सरकारी कार्यालयसँग अन्तरक्रिया कार्यक्रममा लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गी आन्दोलनका अगुवाहरुले उक्त धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष पिङ्की गुरुङले यसअघि देशभरका २०० तेस्रो लिङ्गीले नागरिकतामा अन्य लिङ्ग उल्लेख गरेर लिएको भए पनि हालका दिनमा नागरिकताका लागि झन असहज हुँदै गएको बताइन् । सङ्घीय संसद्ले नागरिकतामा तेस्रो लिङ्गी पहिचान उल्लेख गर्न निर्धारण गर्न लागेको केही शर्तहरुले लैङ्गिक अल्पसङ्ख्यकको सवालमा साँघुरो सोचाइ राखेको उनको आरोप छ ।

उनले फौजदारी तथा देवानी संहिताले पनि तेस्रो लिङ्गीको अधिकारलाई खुम्च्याएको उल्लेख गरिन् । संसद्ले पहिचान उल्लेखका लागि व्यक्तिले लिङ्ग परिवर्तन गरेको हुनुपर्ने तथा चिकित्सकले तेस्रो लिङ्गी भएको प्रमाणित गर्नुपर्नेलगायतका शर्तहरु राखेर नागरिकता विधेयक ल्याउन लागेको जिकिर गरे ।

तेस्रो लिङ्गीको हकहितमा क्रियाशील फ्रेन्ड्स हेटौँडाका प्रमुख डियर किरणले तेस्रो लिङ्गी हुनु भनेको रोग नभएर महिला पुरुष भने जस्तै छुट्टै लैङ्गिकता जनाउने भावना भएकाले तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोण र सोच सच्याउनुपर्ने उल्लेख गरेका छन् । सुरज थापाबाट डियर किरण बन्नु भएकी उहाँले तेस्रो लिङ्गी पनि महिला र पुरुष जत्तिकै समाज र देशलाई योगदान दिन सक्ने नागरिक भएको बताए ।

जन्मँदा छोरा भएर जन्मिएकी हेटौँडाकी अजिता भुजेलले तेस्रो लिङ्गी भएकै कारण आफूलाई घरबाट निकालिएको र सडकमा समेत दुःख पाएको बताउँछन् ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले लैङ्गिक अल्पसङ्ख्यकको हकहितको पक्षमा आफू सकारात्मक रहेको उल्लेख गर्दै आर्थिक सशक्तिकरणका लागि नगरपालिकाले सहयोग गर्ने उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की