2026-09-08 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

तेस्रो लिङ्गीले नागरिकता फिर्ता गर्ने

चैत १९, काठमाडौं | प्रदेश नं ३ का लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गीले यसअघि आफूहरुले प्राप्त गरेको तेस्रो लिङ्गीको पहिचानसहितको नागरिकता फिर्ता गर्न लागेको बताएका छन् ।

पहिचानसहितको नागरिकता लिने प्रक्रियामा आफूहरुलाई विभेद गर्न लागिएको बताउँदै तेस्रो लिङ्गीले फिर्ता गर्नुपर्ने वाध्यता परेको जिकिर गरे ।

तेस्रो लिङ्गीको संस्था निलहिरा समाजले मङ्गलबार हेटौँडामा गरेको प्रदेश नं ३ स्तरीय प्रदेशका विभिन्न मन्त्रालय तथा सरकारी कार्यालयसँग अन्तरक्रिया कार्यक्रममा लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गी आन्दोलनका अगुवाहरुले उक्त धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष पिङ्की गुरुङले यसअघि देशभरका २०० तेस्रो लिङ्गीले नागरिकतामा अन्य लिङ्ग उल्लेख गरेर लिएको भए पनि हालका दिनमा नागरिकताका लागि झन असहज हुँदै गएको बताइन् । सङ्घीय संसद्ले नागरिकतामा तेस्रो लिङ्गी पहिचान उल्लेख गर्न निर्धारण गर्न लागेको केही शर्तहरुले लैङ्गिक अल्पसङ्ख्यकको सवालमा साँघुरो सोचाइ राखेको उनको आरोप छ ।

उनले फौजदारी तथा देवानी संहिताले पनि तेस्रो लिङ्गीको अधिकारलाई खुम्च्याएको उल्लेख गरिन् । संसद्ले पहिचान उल्लेखका लागि व्यक्तिले लिङ्ग परिवर्तन गरेको हुनुपर्ने तथा चिकित्सकले तेस्रो लिङ्गी भएको प्रमाणित गर्नुपर्नेलगायतका शर्तहरु राखेर नागरिकता विधेयक ल्याउन लागेको जिकिर गरे ।

तेस्रो लिङ्गीको हकहितमा क्रियाशील फ्रेन्ड्स हेटौँडाका प्रमुख डियर किरणले तेस्रो लिङ्गी हुनु भनेको रोग नभएर महिला पुरुष भने जस्तै छुट्टै लैङ्गिकता जनाउने भावना भएकाले तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोण र सोच सच्याउनुपर्ने उल्लेख गरेका छन् । सुरज थापाबाट डियर किरण बन्नु भएकी उहाँले तेस्रो लिङ्गी पनि महिला र पुरुष जत्तिकै समाज र देशलाई योगदान दिन सक्ने नागरिक भएको बताए ।

जन्मँदा छोरा भएर जन्मिएकी हेटौँडाकी अजिता भुजेलले तेस्रो लिङ्गी भएकै कारण आफूलाई घरबाट निकालिएको र सडकमा समेत दुःख पाएको बताउँछन् ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले लैङ्गिक अल्पसङ्ख्यकको हकहितको पक्षमा आफू सकारात्मक रहेको उल्लेख गर्दै आर्थिक सशक्तिकरणका लागि नगरपालिकाले सहयोग गर्ने उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल