२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वन डढेलो नियन्त्रण गर्न वन उपभोक्ता समुहलाई सामग्री हस्तान्तरण

२२ चैत्र २०७५, शुक्रबार १५:३२

भाष्कर के.सी, चैत्र २२, कञ्चनपुर | राष्ट्रिय बन विकास तथा व्यवस्थापन कार्यक्रम शिर्षक अन्र्तगत अग्नी नियन्त्रण सम्बन्धी सामग्री डिभिजन वन कार्यालय कञ्चनपुरले सामुदायक बन उपभोक्ता समुहलाई हस्तान्तरण गरेको   छ । 

वनक्षेत्रमा डढेलो रोकथाम, नियन्त्रण गर्न साथै छिमेकी समूह तथा राष्ट्रिय वनक्षेत्रमा समेत वन डढेलो नियन्णमा परिचालन गर्ने उद्देश्यले डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत मोहन राज काफ्लेले समुदायिक वन उपभोक्ता समुहलाई हस्तान्तरण गर्नु भयो ।


 वन डढेलो लाग्ने सम्भावना बढी भएको क्षेत्रलाई छनौट गरी ती क्षेत्रमा समाग्री वितरण गरिएको छ । वैजनाथ सा.व.उ.स भीनपा ९ मटेना का अध्यक्ष किसन नाथ, बैजनाथ सा.व.उ.स शुक्लाफाटा ८ का सचिव डबल सिह धामी, वाणी सब डिभिजन वन कार्यालय कञ्चनपुरका स.ब.अ विश्वराज पण्डिछ साथै अमर श्रीकृष्ण सा.व.उ.स पु.न.पा. ११ कञ्चनपुरका अध्यक्ष प्रेम बहादुर बानियालाई स्वाटर १, रेक विथ आईरन हेन्डल १, कटन जम्प सुट १, पन्जा २, सेफ्टी हेल्मेट २, २० लि. व्याक पेक (फायर फाईटर स्प्रेयर) १, मास्क २ थान  दिइएको छ भने बैजनाथ सा.व.उ.स शुक्लाफाटा ८, वाणी सब डिभिजन वन कार्यालयलाई थप १–१ २० लि. व्याक पेक (फायर फाईटर स्प्रेयर) दिइएको छ । 


बार्षिक कार्यक्रम २०७५÷०७६अन्तर्गत दुई लाख रुपैया बजेटमा प्रभावकारी ढंगबाट कार्य गर्नको लागि उक्त समग्री खरीद गरी वन डढेलो बाट केही हद सम्म पनि नियन्त्रण गर्नको लागि सामग्री हस्तान्तरण गरेको वन अधिकृत काफ्लेले बताउनु भयो । कार्यक्रम सहायक वन अधिकृत शिवलाल अवस्थीले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो