2026-09-19 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा लागुऔषधसहित ५ जना पक्राउ

चैत २३, विराटनगर– मोरङमा लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार राति ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका दुईबाट दुईवटा मोटरसाइकलसहित ५ जनालाई पक्राउ गरेको हो ।

गस्तिमा रहेको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६५ प ७५६९ र को २६ प ५२०४  नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलसहित ४ जनालाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा  बेलवारी नगरपालिका ९ का ३० बर्षीय सुमन राई, २७ बर्षीय सनिम राई, २१ बर्षीय आदेश राई, लेटाङ नगरपालिका ३ का २९ बर्षीय बिष्णु नेपाली र २३ बर्षीय शान्तिराम काफ्ले रहेका छन् ।

उनीहरुको साथबाट ३२ ट्याव्लेट स्पासप्रोकोन प्लस नामको लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ ।  लागुऔषधसहित पक्राउ परेका ५ जनालाई इलाका प्रहरी कार्यालय रङगेलीमा राखि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई