पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत २३, झापा | झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ | चट्याङ लागेर मेचीनगर नगरपालिका वडा नम्बर १५ का ४० वर्षीय प्रकाश राउतको मृत्यु भएको छ । <br></p><p>उहाँकी श्रीमती सुनिता राउत र मञ्जु राउत भने घाइते भएका प्रहरीले जनाएको छ । बिहान ८ बजेतिर खेतमा काम गरिरहेका बेला परेको चट्याङ लागेर रावतको मृत्यु भएको हो । </p><p>घाइते दुवै जनाको चन्द्रगढी अस्पतालमा उपचार भइरहेको छ । </p>

