२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

जब साँझ पर्छ, अनि थिमि नाच्छ

२६ चैत्र २०७५, मंगलवार १०:२५

रमेश गिरी । चैत २६, भक्तपुर । हरेक दिन साँझ परेपछि थिमि नुगु पुखु: अर्थात् दुई पोखरी क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल र रौनक थपिन्छ । हरेक दिन साँझ ६ बजे घरभित्र छिरेकाहरु पनि विस्तारै बाहिर निस्कँदै नुगु पुखुतर्फ आउँछन् ।

मध्यपुरथिमि नगरपालिका ४ नुगु पुखुमा केही बेरमै झिलिमिली बत्ती बल्छन् । अनि नेवारी बाजाका रुपमा अति प्रख्यात धिमे बाजाको आवाज सुनिन्छ । ठूलो पर्दामा धिमेको आवाजमा एक पुरुष र एक महिलाको आकृति नाचेको देखिन्छ । 

त्यसपछि  त्यही धिमेको तालमा पूरै थिमि नाच्न थाल्छ ।  दुईदिनदेखि दैनिक यसैगरी थिमि नाचिरहेको छ । स्थानीय बासिन्दा एवं साहित्यकार नवीनप्रकाश श्रेष्ठको परिकल्पना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा पहिलो पटक शुरु भएको ‘खुला धिमे नृत्य प्रशिक्षण’ सिक्नेका लागि मात्रै नभई हेर्नेका लागि पनि निकै आनन्द छ । धिमेका सयौँ तालमध्ये आइतबारदेखि यही चैत २९ गतेसम्म १५ तालबारे प्रशिक्षण चलिरहेको छ । 

बिस्का अर्थात् बिस्केट जात्रा जति नजिकिँदै छ, चहलपहल पनि त्यत्तिकै बढ्दैछ ।  बिस्केट जात्रामा अनिवार्य रुपमा टोल टोलमा धिमे बाजा बज्छ ।  ‘धिमेको तालमा नाच्न भने कमैलाई आउँछ । धिमे बाजा बजाउनेहरु थपिए पनि धिमेको सयौँ तालमा नाच्नेहरु भने घट्दैछन् ।

त्यसैले धिमेको तालमा नाच्न सिकाउनकै लागि पहिलो पटक भिडियोमार्फत धिमे प्याखँ खुला रुपमा प्रशिक्षण दिन शुरु गरेका हौँ’, परिकल्पनाकार श्रेष्ठ भन्छन् । हरेक वर्ष थिमिमा पनि बिस्केट जात्रा चल्छ तर भक्तपुरमा जस्तो लिङ्गो उठाउने र रथ तान्ने नभई जिब्रो छेड्ने,  सिन्दूर जात्रा र ३२ खटयात्रा चल्छ । थिमिको मूल विशेषता नै यिनै तीन जात्रा हुन्, यसैमा रातदिन गरी अन्य जात्रा पर्छन् । बिस्केट जात्रा बुधबारदेखि शुरु भई आगामी वैशाख ५ गतेसम्म चल्नेछ । 

बिस्केटमा मात्र नभई हरेक जात्रा, पर्व, शुभकार्यदेखि सभासम्मेलन र अतिथिको स्वागतमा समेत बजाइने धिमे बाजाको तालमा नाच्न नजान्दा जात्रा पर्वमा जथाभावी नाच्ने, चिच्याउने तथा हुलहुज्जत गर्ने क्रम बढेकाले नाचलाई व्यव्स्थित गर्दै यसलाई जोगाउन खुला प्रशिक्षण आयोजना गरिएको उनले बताए । 

श्रेष्ठ भन्छन्, ‘धिमेका सयौँ ताल छन्, त्यसमध्ये अहिलेलाई १५ वटा तालमा नाच प्रशिक्षण दिएका छौँ,  बिस्केट जात्रा अगाडि चैत २९ गतेसम्म दुई हजार जनालाई सिकाउने उद्देश्यले खुला प्रशिक्षण दिएका हौँ, यसले पछिल्लो पुस्तालाई नाच हस्तान्तरणसमेत गर्छ र परम्परा जोगाउँछ ।’

हरेक दिन साँझ ६:३० बजेदेखि ८:३० बजेसम्म सञ्चालन हुने धिमे प्याखँ (नाच) मा नागरिकलाई नाचमा साथ दिन नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठलगायत पूर्व र वर्तमान जनप्रतिनिधि आइपुग्छन् ।  नागरिकसँंगै जनप्रतिनिधिले पनि धिमे प्याँख सिक्ने गरेका छन् । 

नगरप्रमुख श्रेष्ठ ठूलो सङ्ख्यामा एकै पटक धिमेको तालमा नाच सिक्न सकिने भएकाले यो आकर्षक भएको बताउँछन् । उनी भन्छन्, ‘यसले हाम्रो संस्कृतिको संरक्षण मात्रै नभई नयाँ पुस्तालाई यो नाच हस्तान्तरण पनि गर्नेछ ।’ नाच प्रशिक्षणमा युवकयुवतीदेखि पाको उमेरका नगरवासीको समेत दैनिक रुपमा उल्लेख्य सहभागिता रहने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य