२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

तीनसय वर्ष पुरानो पोखरीमा भरियो पानी

२०७५, २७ चैत्र बुधबार ०९:०१

चैत २७, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको दुई पोखरी केही दिनअघिसम्म खेल मैदान बनेको थियो । धेरै वर्षसम्म झार र घाँसले ढोकेको यी पोखरी सरसफाइपछि केही वर्षयता मङ्सिरमा स्थानीयवासीले धान सुकाउन प्रयोग गर्ने र अन्य समयमा केटाकेटी खेल्ने मैदानको रूपमा परिणत हुँदै आएको थियो ।     

तर निर्वाचनपछि जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्नुभएको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले लिएको सङ्कल्प यतिखेर धमाधम पूरा हुन थालेका छन् । जसमध्ये नमूनाको काम हो, ‘निगु पुखुः’ अर्थात दुई पोखरीको पुनरजीवन । स्थानीयवासीले यो पोखरीको नेवारी नामसमेत भूलिसकेका थिए, यो ठाउँको नाम नै दुई पोखरी भइसकेको थियो । तर यसवर्षको विष्का जात्रालाई लक्षित गरी नगरपालिकाले कम्तीमा एउटा पोखरीको पुनरनिर्माण गरी पानी भर्ने सङ्कल्प लिएर गरेको काम सफल भएसँगै आज बिहानबाट पानी भरेर पोखरीलाई पूर्णता दिएको छ ।         

पानी भरिएर पुनरजीवन पाएसँगै ३०० वर्ष पुरानो ऐतिहासिक यो पोखरीको पुरानो नाम ‘निगु पुखुः’ले पनि पुनरजीवन पाएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठ बताउँछन् । करिब ३०० वर्ष पहिले गङ्गा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुरथिमिवासीलाई पानीको स्रोत दिएको भन्ने जनश्रुति रहेको स्थानीय बताउँछन् ।         

नगरपालिकाले आव ०७५÷७६ मा रु ५० लाख बजेट विनियोजन गरे पनि पुनरनिर्माणका क्रममा भने रु ६० लाख खर्च भएको उपभोक्ता समितिले जनाएको छ ।      

निगु पुखुः पुनःनिर्माण तथा गुरुयोजना उपभोक्ता समितिले विष्का जात्रालाई लक्षित गरी दक्षिण तर्फको पोखरी पुनरनिर्माण सम्पन्न गरेको र अब उत्तरतर्फको पोखरीको पनि पुनःनिर्माण शुरु गरिने उनले जानकारी दिए । नगर प्रमुख श्रेष्ठका अनुसार नगरपालिकाले आगामी तीन वर्षमा पुनःनिर्माण सम्पन्न गर्नेगरी दुई पोखरी पुनःनिर्माणका लागि रु १५ करोडको लागत अनुमान तयार गरेको छ । यसअन्तर्गत पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदलमार्गमा आठ वटा फल्चा अर्थात पाटी निर्माण गरिने भएको छ ।        

स्थानीयवासीका अनुसार राजा महेन्द्र विसं २०१५ मा भक्तपुर आउँदा राजालाई स्वागत गर्न दुईपोखरीको पानी निकालेर मैदान बनाएदेखि पोखरी मैदानमा परिणत भएको हो । त्यसपछि पोखरी संरक्षण हुन नसके पनि २०६५ सालमा नगरपालिकाले फलामे बार लगाएर संरक्षणको प्रयास गरेको थियो ।      

स्थानीयवासीका लागि पानीको स्रोत र कतै आगलागी भएमा सोही पोखरीको पानी प्रयोग गर्न मिल्ने गरी ठूला दुईवटा पोखरी निर्माण गराएको स्थानीयवासीको भनाइ छ । अहिले थिमिकै बोरिङबाट पानी ल्याएर भरिएको र आगामी दिनमा आकाशेपानी सङ्कलन गरी पोखरीलाई जीवित राखिने योजना रहेको छ ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस