2026-09-19 04:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पत्रकार शेर्पालाई खेलकुद पत्रकारिता पुरस्कार

चैत्र २७, खोटाङ | बाक्सिला फुटबल क्लबले खेलकुद पत्रकारिता पुरस्कारबाट एकजना पत्रकारलाई पुरस्कृत गरेको छ । बुधबार प्रतियोगीताको समापन कार्यक्रममा पत्रकार चिसाङ शेर्पालाई पुरस्कृत गरेको हो । खेलकुदको गतिविधिलाई पत्रकारिताको माध्यमबाट कलम चलाई जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म परिचय गराउन योगदान गरेको भन्दै पत्रकार शेर्पालाई सम्मान गरिएको बाक्सिला फुटबल क्लबका सचिव पबन श्रेष्ठले बताए । 

केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी उच्च माविको प्राङगणमा भएको कार्यक्रममा पत्रकार शेर्पालाई खादा ओढाएर ५ हजार ५ सय १० रुपैयाँका साथमा सम्मान–पत्र प्रदान गरिएको छ । समायोजन खबर डटकमका सञ्चालक÷सम्पादक रहेका शेर्पा हिमालय टाइम्स दैनिक, साझा सवालमा आवद्ध छन् । पत्रकार शेर्पालाई क्लबका अध्यक्ष सिवकुमार राई र गाउँपालिका अध्यक्ष कृष्ण कुमार राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । 

विगत २०६५ सालदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल शेर्पा नेपाल पत्रकार महासंघ शाखा खोटाङका सह–सचिव, नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङका सचिव पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई